Shere Parsa
राजनीति

मधेस विरोधी एमाले र जसपालाई बहिष्कार गर्न श्रेष्ठको आह्वान

मधेसखबर
वीरगन्ज,२२ कार्तिक : बारा क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनका प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ (किसान) ले मङगलबार जिपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडामा चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन गर्नुका साथै घरदैलो गरेका छन् ।

नेकपा एकिकृत समाजवादीका उम्मेदवार श्रेष्ठले मङगलबार जिपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ , १० र १९ मा मङगलबार चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले मधेस विरोधी एमाले र उसलाई अहिले साथ दिने जसपा दुवै दललाई ब्यालेटका माध्यमबाट बहिष्कार गर्न मतदाताहरुलाई आग्रह गरे । उनले मधेस र देशको समृद्धि पाँच दलीय गठबन्धनले नै गर्ने भएकाले गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह पनि गरे ।

बारा क्षेत्र नम्बर ४ मा आफु माथि जनताले देखाएको माया र भरोसालाई कदापी टुट्न नदिने पनि उनले बताए । समृद्ध बारा जिल्ला आफनो मूल नारा रहेको भन्दै श्रेष्ठले भने ,‘ सांसदमा जिते पछि आफुले बारा ४ मा विकासका नमूना योजनाहरु ल्याउछु , यो क्षेत्रलाई देशकै नमूना क्षेत्र बनाउछु यो मेरो संकल्प हो ।

चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन पछि श्रेष्ठले सानो मटेरिया, मधुरापुर, ठुलो मटेरिया गाँउमा चुनावी घरदैलो गरि मतदातालाइ भेटेर गठबन्धनका उम्मेदवारलाइ मत दिएर जिताउन आग्रह गरेका थिए ।

Related posts

जितेन्द्र सोनलको समर्थन गर्दै मतदाताहरु नै प्रचार प्रसारमा जुटे

पर्साका जसपा नेताहरु भन्छन् : नागरिकता विधेयक फेल गराउनु मधेसीसंग विभेदकाे निरन्तरता हाे

बाँकी रहेका कामहरु पुरा गर्नका लागि आफुलाई जिताउन प्रदीप यादवको आग्रह

Leave a Comment