Shere Parsa
राजनीति

किसान र सोनलको समर्थनमा बाराको बेलहीयामा देखियो जनलहर

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : बाराको क्षेत्र नम्बर ४ को (ख) मा पर्ने प्रसौनी गाउँपालिका वडा नम्बर ६ बेलहीयामा सोमबार राति पाँच दलीय सत्ता गठबन्धनको रात्री सभा सम्पन्न भएको छ ।

बाराको क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार (किसान) श्रेष्ठ र क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार जितेन्द्र सोनलको सयुँक्त रात्री सभा सम्पन्न भएको हो ।

रात्री सभालाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रेष्ठले बाराको विकास र समृद्धिका लागि सत्ता गठबन्धनको जित अपरिहार्य रहेको बताए ।

पाँच दलीय गठबन्धनको विकल्प नभएको बताउँदै नेकपा एकिकृत समाजवादी पार्टीका नेतासमेत रहेका श्रेष्ठले बाराका सचेत जनताले सही व्यक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गरे ।

कृषि, पर्यटन एवम् व्यवसायका लागि बारा प्रचुर सम्भावना भएको जिल्ला भएपनि सही नेतृत्व नपाउँदा ओझेलमा परेको बताउँदै उनले अब आफुले नै बाराको कायापलट गर्ने श्रेष्ठको दावी छ ।

यस्तै प्रदेश सभा सदस्यका उम्मेदवार एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले रात्री सभालाई सम्बोधन गर्दै गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन् ।

मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सोनलले गठबन्धनको जित सुनिश्चित रहेको दावी गर्दै जनताले कामको मूल्यांकन गर्ने विश्वास व्यक्त गरेका छन् ।

विकास र समृद्धिको शुरुवात अब सत्ता गठबन्धनले नै गर्ने हुँदा गठबन्धनकै उम्मेदवारलाई जिताउनुपर्ने सोनलको भनाई छ ।

रात्री सभाका क्रममा नेकपा एकिकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत पाँच दलीय गठबन्धनमा आवद्ध राजनीतिक दलका नेता, कार्यकर्ता, विभिन्न भातृ संगठनका पदाधिकारी, श्रेष्ठ र सोनलका समर्थक तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Related posts

सिट भागबन्डामा पर्सा बारे कुनै सहमति भएको छैन : काँग्रेस सभापति क्षेत्री

बाराको १ र ४ मा काँग्रेसको पल्ला भारी

जनताबाट पाइरहेको स्वागत र समर्थनले निक्कै उत्साहित छु : रमेश रिजाल

Leave a Comment