Shere Parsa
राजनीति

पर्सा ३ मा सुशासन पार्टीबाट चुनावी मैदानमा दुइ युवा उम्मेदवार

मधेसखबर
वीरगन्ज,२४ असोज : जनेपाल प्रहरीका पूर्ब डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीका तर्फबाट पर्सामा प्रदेशसभा सदस्यका लागि दुइ जनाले चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेपाल सुशासन पार्टीका तर्फबाट पर्साको प्रदेशसभा निर्वाचन क्षेत्र ३ को (क) मा युवा नेता शीव कुमार साह र ३ कै (ख)मा गौरीशंकर साहले उम्मेदवारी दिएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)मा लामो समय देखि सकृय रहेका साहद्वयको नाम जसपा पर्साबाट सिफारिस भएपनि अन्तिम समयमा आएर जसपाको केन्द्रिय नेतृत्वले टिकट नदिएपछि दुवै जनाले नेपाल सुशासन पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

मधेस आन्दोलनका बेला देखि नै सकृय रुपमा पार्टीमा लागेर मधेसीको हकहितको लागि आवाज उठाउदै आएको र पार्टीको संगठन विस्तारका लागि दिनरात नभनी खट्दै आएको भएपनि अन्तिम समय आएर जसपा नेतृत्वले धोका दिएपछि सुशासन पार्टीबाट उम्मेदवारी दिनु परेको युवा नेता साहले बताए ।

जसपाले टिकट नदिएपछि विकल्प खोज्ने क्रममा भ्रष्टचार विरोधी र सुशासनको एजेण्डा बोकेर हिडेको एक मात्र दल सुशासन पार्टीलाइ रोजेको पनि अर्का युवा नेता साहले बताए । उम्मेदवारी दर्तापछि मतदातासंगको भेटघाटमा जादा सुशासन पार्टी प्रति जनलहर देखिएकोले आफुहरुको जित सुनिश्चित भएको महसुस हुन थालेको साहले बताए ।

Related posts

जसपा एमाले गठबन्धन : पर्सा १ र २ जसपालाई , ३ र ४ एमालेलाई

भ्रष्टचारी दल र नेताबाट देशलाई मुक्त पार्न राप्रपालाई जिताउन साहको आग्रह

एमाले नेता कार्यकर्ताको एउटै आवाज : पर्सा ३ (ख) मा डा. मधुको पक्षमा मतदान

Leave a Comment