Shere Parsa
Uncategorized

राप्रपा उम्मेदवार नरेश साह भन्छन् : हिन्दु राष्ट्र र राजतन्त्रका लागि राप्रपालाई भोट दिनु होला

मधेसखबर
वीरगन्ज , २० कार्तिक : पर्सा क्षेत्र नमबर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनलहर बढ्दै गएको छ । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पुर्नस्थापना तथा संघीयताको खारेजीको मुख्य एजेण्डा बोकेको राप्रपा प्रति जनताको आकर्षण बढ्दै गएको पाइएको छ ।

पर्सा २ मा राप्रपाबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार नरेश कुमार साह जनताको घरदैलोमा पुग्दा मतदाताहरुले हिन्दु राष्ट्र र राजतन्त्रको पक्षधर राप्रपालाई नै यसपालि आफुहरुले मत दिने बताइरहेको युवा नेता प्रशान्त दुवेले जानकारी दिए ।आइतबार पर्सागढी नगरपालिका वडा नम्बर वडा नम्बर ८ मा चु्नावी घरदैलोका क्रममा पुगेका उम्मेदवार साहलाई स्थानीय मतदाताले हिन्दू राष्ट्रको पक्षधर राप्रपालाई नै मत दिएर विजयी गराउने निर्णयमा आफुहरु रहेको बताए ।

त्यस क्रममा राप्रपाका प्रतिनिधी सभा सदस्य उम्मेदवार साहले चुनावका बेला अरु नेता जस्तो आफुले झुठा प्रलोभन नदिने भन्दै हिन्दु राष्ट्र र संघीयता खारेजको मुद्धा बोकेको राप्रपालाई मत दिन आग्रह गरे ।भ्रष्टचार गरे नेपाली आमाको खुन पिउनु भन्ने नारा लिएका राजेन्द्र लिङदेन जस्तो नेताले अध्यक्षता गरेको राप्रपाले नै यो मुलुकबाट भ्रष्टचार समाप्त पार्ने भन्दै साहले भने ,‘ अरु केहि होइन यदि यो मुलुकमा भ्रष्टचारलाई खतम पार्नु छ र नेपाललाई हिन्दु राष्ट्र बनाउनु छ भने राप्रपालाई भोट दिनु होला ।

चुनावी घरदैलो कार्यक्रममा राप्रपाका उुवा नेता प्रशान्त दुवे , विराज यादव लगायतको सहभागीता थियो ।

Related posts

झुठा प्रलोभन दिनेहरुसंग सतर्क रहन प्रदीप यादवको आग्रह

परीक्षा नियन्त्रण कार्यालयद्वारा परीक्षा केन्द्र सार्वजनिक

टी–२० विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

Leave a Comment