मधेसखबर
वीरगन्ज ,१८ कार्तिक : पर्सा क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले मत माग्नको लागी निरन्तर मतदाताको घर आँगनमा पुगिरहेकी छन्। चुनाव प्रचार पसारको दोस्रो चरणमा पनि उनले घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै मतदातालाई भेटेर आफना लागि मत मागिरहेकी हुन् हो ।
त्यसै क्रममा शुक्रबार पर्साको पोखरिया नगरपलिकाको वडा नम्बर ५ सतवरियामा डा.गुप्ताले चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन् । दोस्रो चरणको मतदाता घरदैलो कार्यलाई सुरु गर्नुभन्दा अगाडी डा.मधु गुप्ता कुर्मीले सतवरिया स्थित देवी मन्दिरमा पूजा अर्चना गरेकी थिइन्।