Shere Parsa
राजनीति हेडलाइन

पर्सामा एमालेलाई ठूलो झट्का , ५४२ नेता कार्यकर्ताले छाडे एमाले

मधेसखबर
वीरगन्ज,१२ कार्तिक : पर्सामा नेकपा एमालेका ५ सय ४२ जना नेता कार्यकर्ताले एक साथ पार्टी परित्याग गरेका छन् ।
शनिबार नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य, संविधानसभा सदस्य , प्रदेश कमिटी सदस्य सहित ५ सय ४२ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

एमालेले जसपासंग चुनावी गठबन्धन गरेपछि असन्तुष्ट भएका एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य कदम रसुल, मधेस प्रदेश कमिटी सदस्य एंव पर्सा इन्चार्ज बाबुराम कौशीक , संविधान सभा सदस्यद्धय फुलझरी देवी र इस्लाम हवारी सहित ५ सय ४२ जनाले एमाले परित्याग गरेका हुन् ।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनिहरुले एमालेको विभिन्न पद र जिम्मेवारीका साथै साधरणसदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताएका छन् । एमालेले जसपासँग गरेको गठबन्धन अपबित्र रहेको भन्दै उनीहरुले पार्टीको निर्णय प्रति असन्तुष्टी जनाउँदै आएका थिए ।

एमाले नेतृत्व कार्यकर्ता , जनभावना र पार्टीको मर्म विपरीत गएर जसपासंग गठबन्धन गरेकाले आफुहरुले सामुहिक रुपमा पार्टी परितयाग गरेको एमालेका पर्सा इन्चार्ज कौशिकले बताए ।अब आफुहरु स्वतन्त्र उममेदवारलाई जिताउन लाग्ने पनि उनले बताए ।
कौशीक ,हालै एमाले परित्याग गरेका पूर्वमन्त्री प्रभु साह निकट मानिन्छन् । उनी प्रभु साहको ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ पर्साका संयोजक छन् ।

Related posts

पर्सा १ (ख) मा युवालाई चुन्न मतदाता आतुर छन् : ओमप्रकाश सर्राफ

भूमि आयोगद्धारा भुमीहिनका लागि पर्सागढीबाट नाप नक्सा कार्यको शुरुवात

पर्सा १ (क) को प्रदेशसभा सदस्यमा माओवादीका रहबर विजयी

Leave a Comment