मधेसखबर
वीरगन्ज,१२ कार्तिक : पर्साको क्षेत्र नम्बर २ (ख) मा सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले जनतासँगको भेटघाट तथा छलफललाई तिव्रता दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै कुर्मीले जनतासँगको भेटघाटलाई तिव्रता दिएका हुन् ।
त्यही क्रममा कुर्मी शनिबार बिहान बहुदरमाई नगरपालिका वडा नम्बर २ का विभिन्न टोलमा पुगर मतदातासंग भेट्दै मत मागेका छन् । आफनो निर्वाचन क्षेत्रका हरेक टोलमा घरदैलो गर्दै मतदातासंग भेटघाट र छलफल गर्दै कुर्मीले जनताका गुनासा र समस्याहरु पनि सुन्ने गरेका छन् ।
मतदातासंगको भेटघाटमा कुर्मीले आफनो कार्यकालमा आफुले भौतिक पूर्वाधारदेखि अन्य सामाजिक विकासका कामहरुमा गरेको योगदानको मूल्यांकन गरेर जनताले आफुलाई पुनः अवसर दिने बताएका छन् । आफ्नो क्षेत्रको विकासका लागि देखेको सपनालाई मुर्त रुप दिनका लागि पनि यसपालि फेरि जनताले आफुलाई अत्याधिक मत दिएर जिताउने उनको विश्वास छ ।