Shere Parsa
राजनीति

लोसपाका दुइ केन्द्रिय सदस्य सहित बाराका १० नेता एमाले प्रवेश

मधेसखबर
वीरगन्ज,१० कार्तिक : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दुई केन्द्रीय सदस्य सहित बाराका १० जना नेकपा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष निवास बालकोट पुगेर उनीहरू एमाले प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्नेमा लोसपाका केन्द्रीय सदस्यद्वय राजाराम साह र प्रिया रानी रश्मी सिंह, प्रदेश कमिटी सदस्य राजकुमार सिंहसहित जिल्ला कमिटीका सदस्य र अन्य रहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश गर्ने क्रममा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेल, बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एकबाल मिया उपस्थित थिए ।पूर्वमन्त्री मियाको पहलमा उनीहरूलाई एमालेमा प्रवेश गराइएको हो ।साभार : अन्नपूर्णपोष्ट

Related posts

मतदातालाई भेट्न खेतबारीमै पुगेकी गुप्ताले भनिन् : विभेद र असमानता अन्त्य गर्छु

एमालेको समानुपातिक सूचीमा पर्साबाट ३ जना मात्र : हजरा , देवकोटा र चर्तुवेदी

मतदान गरेपछ पुर्वमन्त्री यादवले भने : मधेसका जनता पहिचान र अधिकारका लागि लड्नेकाे पक्षमा छन्

Leave a Comment