Shere Parsa
स्थानिय हेडलाइन

निर्माण व्यवसायी संघ पर्साको अध्यक्षमा कुर्मी निर्वाचित

मधसखबर
वीरगन्ज ,३० असाेज : नेपाल निर्माण व्यवसायी संघ पर्साको अध्यक्षमा सुरेश प्रसाद कुर्मी निर्वाचित  भएका छन् ।

संघकाे नेचृत्व चयनका लागि भएकाे चुनावमा अध्यक्षका अर्का उम्मेदवार दिवाकर प्रसादलाई २२७ मत अन्तरले पराजित गर्दै सुरेश विजयी भएका हुन् ।

आइतबार विहान सकिएकाे मतगणनाको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा दिवकारले ५८ मत पाउँदा सुरेशले २८५ मत पाएका छन् ।

संघको प्रथम उपाध्यक्षमा ज्ञानेन्द्र मिश्र २३९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी हिरालाल प्रसाद कुर्मीले १०३ मत मात्र पाएका छन् । द्वितिय उपाध्यक्षमा अच्छेलाल प्रसाद चौरसिया २२९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबाबु प्रसाद कुर्मीले १०० मत मात्र पाएका छन् ।

सचिवमा शनि यादव १५८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु मुकेश प्रसाद कुर्मी १२३ मत र प्रदिप कुमार पटेलले ३३ मत मात्र पाएका छन् । सह सचिवमा संजयक कुमार कुर्मी १४२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु रोशन कुमार सिंह ११० मत र धुरेन्द्र प्रसाद कुर्मीले ७४ मत मात्र पाएका छन् ।

कोषाध्यक्षमा राजेश्वर प्रसाद रौनियार २०१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी महताब अहमद ११६ मत मात्र पाएका छन् ।सहकोषाध्यक्षमा सदाम हुसेन २०९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजु प्रसाद पटेलले १०३ मत मात्र पाएका छन् ।

संघको सदस्यहरुमा अमोद कुमार पटेल १८० मत, पुरुषोत्म प्रसाद पटेल १८५ मत, विकास कुमार साह १६६ मत, विरेन्द्र प्रसाद कुर्मी २१६ मत, मनोज कुमार साह १५७ मत, बृजेश कुमार यादव १८० मत, पारस ठाकुर २०० मत, दिपेन्द्र प्रसाद सोनार १७५ मत र सतिश कुमार चौरसिया १५४ मत ल्याएर विजयी भएका हुन् ।

Related posts

रामनगरीमा नवनिर्मित सडकको सांसद रौनियारद्वारा उद्घाटन

अल्पाइन स्कुलमा छात्रालाइ यौन र्दुव्यवहार गर्ने शिक्षक मियाँ पक्राउ

पर्सामा आचार संहिता उल्लंघन गरि प्रयोग गरिएका चुनावी प्रचारका सामाग्री हटाउन शुरु

Leave a Comment