Shere Parsa
मधेस प्रदेश हेडलाइन

मुख्यमन्त्रीका दाबेदार सोनल , फेरि प्रदेशसभामा चुनाव लड्दै

मधेसखबर
वीरगन्ज, २२ असोज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल फेरि प्रदेशसभा सदस्यमै चुनाव लड्ने भएका छन् ।

मधेस प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सोनल , बाराको क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने भएका हुन् । २०७४ सालको निर्वाचनमा पनि सोनल त्यहि क्षेत्रबाट तत्कालीन राजपा (हालको लोसपा) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

शनिबार अबेर राति सकिएको सत्तागठबन्धन र लोसपा बिचको बैठकमा भएको सहमतिमा बारा क्षेत्र नम्बर ४ (ख) लोसपाको भागमा परेको छ । त्यसकारण सोनल , उक्त क्षेत्रबाट गठबन्धनको साझा उम्मेदवार बन्ने भएका हुन् ।

२०७४ को निर्वाचनमा मधेस प्रदेशमा तत्कालीन राजपा (हालको लोसपां) ले तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) भन्दा ४ सिट मात्र कम पाएका कारण सोनल मुख्यमन्त्री बन्नबाट बन्चित भएका थिए । सोनल , आगामी निर्वाचन पछि पनि लोसपाका तर्फबाट मुख्यमन्त्रीका प्रबल दाबेदार रहेका छन् ।

Related posts

नारायणी अस्पतालमा २ करोडको लागतमा फोहोर व्यवस्थापन केन्द्र सन्चालन

बारा ४(क) मा एमालेका चाैधरी विजयी

पटेर्वासुगौली गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विधालयमा दिवा खाजा वितरण

Leave a Comment