Shere Parsa
राजनीति हेडलाइन

जसपा एमालेसंग गएपछि सत्ता गठबन्धनको बैठकमा लोसपाको इन्ट्री

मधेसखबर

वीरगन्ज , २१ असोज : सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । जसपा बाहिरिएपछि सत्तारुढ गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ ।

 

बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो ।

लोसपाका एक नेताका अनुसार बालुवाटार बैठकमा लोसपाका नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनल लगायतका नेताहरू सहभागी छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू भने बिहीबार साँझदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग चुनावी तालमेलका लागि छलफलमा थिए । शुक्रबार पनि जसपा नेताहरु एमालेसँग छलफलमा सहभागी छन् ।साभारः कान्तिपुर

 

 

Related posts

रमेश कुर्मी भन्छन् : झुठा आश्वासन बाँड्नेहरुसंग सतर्क रहनु हाेला

निर्वाचन आयाेगमा कांग्रेसले समानुपातिक बन्दसूची दुई वटा बुझाएकाे खुलासा

काँग्रेसका नेता अन्सारी जसपामा प्रवेश

Leave a Comment