Shere Parsa
समाचार

जनकपुरमा करेन्ट लागेर दाजुभाइको मृत्यु

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज ,१९ असार : जनकपुरमा बुधबार करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । अन्य एक जना घाइते पनि भएका छन् ।

करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ विन्धीका करेन्ट लागेर ६० वर्षीय दिनेश चौधरी र उनका भाइ ५४ वर्षीय रामेश्वर चौधरीकाे मृत्युु भएकाे हाे ।

बुधबार बिहान आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जडान गर्ने क्रममा दिनेशकी पत्नि निर्मला देवीलाई करेन्ट लाग्दा उनलाई बचाउन गएका क्रममा दिनेश र रामेश्वरलाई करेन्ट लागेको थियो ।

दुवैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याइएकाे र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएकि निर्मला चौधरीकाे भने उपचार जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

Related posts

अंकभार प्रणालीबाट लाइसेन्सको परीक्षा लिन सबै प्रदेश सहमत

चुनावलाई लक्षित गर्दै नेपाल भारत सिमा नाका पुर्ण रुपमा बन्द

पर्सामा निकुञ्जले पालेकै हात्तीको आक्रमणबाट माउतेको मृत्यु

Leave a Comment