Shere Parsa
स्थानिय

बारामा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

मधेसखबर
वीरगन्ज ,१६ असाेज : आगामी निर्वाचनका लागि बाराको कलैया स्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । बाराको मुख्य निर्वाचन अधिकृतमा बारा जिल्ला अदालतका न्यायाधीश पुनेश्वरप्रसाद उपाध्याय आउने भएका छन् ।

 

असोज २३ मा उम्मेदवार मनोनयनको समयसीमा तोकिएको छ । असोज १५ देखि २० गतेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित निर्वाचन क्षेत्रगत कार्यालय स्थापना गरिसक्नुपर्ने निर्वाचन आयोगले समयसीमा निर्धारण गरेको छ ।
त्यसैअनुरुप मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले बताए । कार्यालय उद्घाटन समारोहमा सुरक्षा निकायका प्रमुखसहित जिल्ला समन्वय समितिका प्रमुख, दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

अरु बाँकी ३ वटा निर्वाचन क्षेत्रमा अहिलेसम्म कार्यालय स्थापना नभए पनि तोकिएकै समयसीमाभित्र स्थापना गरिने उनले बताए ।साभार:कान्तिपुर

Related posts

पर्सा जिल्लामा १६९ मतदान स्थल,११ हजार जनशक्ति खटिने

मन्त्री यादवद्वारा वीरगन्जका विभिन्न वडामा सडककाे शिलान्यास

वीरगन्जमा पनि बच्चा चोरको त्रास , छपकैयाबाट भारतका तीन मुस्लिम महिला पक्राउ

Leave a Comment