Shere Parsa
शिक्षा

महिला छात्रावासमा मन्त्री शर्माद्वारा शाैचालय र स्नानघरकाे शिलान्यास

मधेसखबर
वीरगन्ज ,१० असाेज: वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसकाे महला छात्रावासमा शाैचालय र स्नानघरकाे शिलान्यास गरिएको छ।

मधेस प्रदेश सरकारका खानेपानी तथ उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले साेमबार शाैचालय र स्नानघरकाे शिलान्यास गरेका हुन् । खानेपानी तथा उर्जा विकास मन्त्रालयकाे सार्वजनिक शाैचालय निर्माण कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँको लागतमा महिला छात्रावास र स्नानघर निर्माण गर्न लागिएको हाे ।

शिलान्यास कार्यक्रममा बाेल्दै मन्त्री शर्माले महिला छात्रावासमा बस्दै आएका छात्राहरुलाई व्यवस्थित शाैचालय र स्नानघर नहुदा समस्या भइरहेकाे थाहा पाएपछि आफुले मन्त्रालयबाट रकम निकासा गराएर याे काम गर्न लगाएकाे बताए ।उनले आफू पनि यहि क्याम्पसमा पढेकाे स्मरण गराउदै क्याम्पसलाई चाहिने सहयाेग गर्न सदैव तयार रहेकाे बताए ।

शिलान्यास कार्यममा क्याम्पस प्रमुख उमेश चाैरसीया, नेविसंघका इकाइ सभापति मनाेज कुमार साह, नेपाली काँग्रेसका महानगर सहसचिव दिपक साह , क्याम्पसका प्राध्यापक , कर्मचारी , विधार्थी लगायतको उपस्थिति थियोे ।

Related posts

पकाहाका विधार्थीको समस्या एक हप्ता भित्र समाधान नभए आन्दोलन गर्ने एमालेको चेतावनी

वीरगन्जमा आयाेजित प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बारा प्रथम

पर्साको लखनपुरमा एसइइ उत्तीर्ण विधार्थीहरु सम्मानित

Leave a Comment