मधेसखबर
वीरगन्ज ,०९असाेज : आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
आइतबार छापावाल सुनको मूल्य ताेलाकाे ९१ हजार ८ सय, तेजावी सुनको मूल्य ९१ हजार ३ सय र चाँदीको मूल्य ताेलाकाे ११ सय ७० रुपैयाँ प्रतितोला कायम भएको छ ।
यसअघि गत शुक्रबार ९२ हजार ८ सय रुपैयाँमा छापावाल सुन, ९२ हजार ३ सय रुपैयाँ तेजावी सुन र चाँदी १२ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । डलरको मूल्य मजबुत बन्दै जाँदा सुनमा हुने लगानी खुम्चिंदा सुनको मूल्यमा गिरावट आएको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।