Shere Parsa
अर्थतन्‍त्र

वीरगन्ज नाकाबाट माछाको आयात बढ्यो

मधेसखबर
वीरगन्ज , १९ साउन : वीरगन्ज नाकाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भारतबाट माछाको आयात बढेको छ ।

पशु क्वारेन्टाइन कार्यालय पर्साका अनुसार गत आव २०७८/७९ मा वीरगन्ज नाका हुँदै ६ सय ४८ मेट्रिक टन माछा आयात भएको छ । अघिल्लो आव २०७७/७८ मा भने यो नाकाबाट ५० मेट्रिक टन माछा भित्रिएको थियो ।

नेपालमा विशेषगरी भारतबाट माछा आयात हुँदै आएको छ । स्वदेशमै संघ तथा प्रदेश सरकारले माछा जोन घोषणा गरेर किसानलाई माछापालनमा प्रोत्साहित गर्न अनुदानलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, सरकारको योजनाअनुसार माछा आयात भने कम हुन सकेको छैन ।

 

पशु क्वारेन्टाइन कार्यालयका अनुसार बोनलेस र एकोरियम माछाको आयात पनि बढेको छ । अघिल्लो आवमा यो नाका हुँदै भारतबाट २६ मेट्रिक टन बोनलेस माछा आयात भएको थियो । गत आवमा भने ५ सय ४६ मेटन बोनलेस माछा आयात भएको छ ।

अघिल्लो आवमा ८ हजार ३ सय ५ वटा एकोरियम माछा आयात भएकोमा गत आवमा झन्डै ५ लाख १९ हजार ४ सय ९ वटा आयात गरिएको छ । घर तथा व्यावसायिक प्रतिष्ठानमा सजाउन पालिने यस्तो माछाका लागि भारतमै निर्भरता देखिन्छ ।

विगतमा भारतको आन्ध्र प्रदेशबाट आलो माछा ल्याइने गरेकोमा हाल भने कोलकाताबाट आयात भइरहेको छ । कोलकातामा भारतको क्वारेन्टाइन कार्यालय रहेकाले आयातकर्ताले त्यहाँबाट उत्पत्ति प्रमाणपत्र ल्याउन सहज हुन्छ ।

कार्यालय प्रमुख डा. हरेराम यादवका अनुसार अघिल्लो आवमा मासुमाछा आयात गर्दा भारतीय क्वारेन्टाइनको उत्पत्तिको सिफारिस र स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएपछि आयात घटेको थियो । साभार : कान्तिपुर

Related posts

धान ,चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन वीरगन्जका उद्योगीहरुको माग

पोखरियामा कृषि विकास बैंकको एटिएम सेवा शुरु

वीरगन्जमा ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न नीजि क्षेत्रसँग मेयर सिंहको आग्रह

Leave a Comment