Shere Parsa
राजनीति हेडलाइन

टिकट नपाएपछि सबै भन्दा बढि विद्रोह मधेसी दलमा

मधेसखबर
वीरगन्ज,२३ असोज : दलहरु बिच चुनावी गठबन्धन र तालमेल हुदा पर्सामा पनि टिकट नपाएकाहरुले पार्टीबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

टिकट नपाएका कारण पार्टीबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या मधेसी दलमा बढि छ । त्यसमा पनि दलबाट विद्रोह गरि स्वतन्त्र उम्ममेदवारी दिनेहरुमा प्रतिनिधीसभा सदस्य भन्दा पनि प्रदेशसभा सदस्य पदका उम्मेदवार बढि छन् ।

आइतबार साँझ सम्म मधेसखबरलाइ निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार , पर्साको निर्वाचन क्षेत्र १ र २ मा प्रदेशसभा सदस्यका लागि दलबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका ७ जना मध्ये ६ जना मधेसी दलकै छन् ।

पार्टीबाट टिकट नपाएपछि जसपाबाट केन्द्रिय सदस्यद्वय करिमा बेगम र जन्नत अन्सारी , युवा नेता मुकेश द्विवेदी , रुपेशमान सिंह , लोसपाका केन्दिद्रय सदस्य शशीकपुर मियाँ , लोसपाकै वीरगन्ज महानगर अध्ध्यक्ष ओम प्रकाश सर्राफले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यस्तै नेपाली काँग्रेसबाट टिकट नपाएका युवा नेता सुधीर पटेलले पनि प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

जसपा केन्द्रिय सदस्य बेगमले पर्सा २ को (ख) , अर्का केन्द्रिय सदस्य अन्सारीले पर्सा १ को (क) , जसपाका युवा नेता द्विवेदीले पर्सा २ को (ख) , जसपाकै युवा नेता सिंहले पर्सा २ को (ख) , लोसपाका केन्द्रिय सदस्य मियाँले पर्सा १ को (ख) र लोसपा नगरअध्यक्ष सर्राफले पर्सा १ को (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

काँग्रेस युवा नेता पटेलले भने पर्सा १ को (क) मा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यस्तै नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति अजय द्धिवेदीले पर्सा १ को प्रतिनिधीसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

टिकट नपाएपछि दलबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएकाहरुले पार्टीका लागि गरिएको योगदानकोे नेतृत्वले मुल्यांकन नगरेको र गठबन्धनको जालोमा परेर गलत निर्णय गरेकाले विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनिहरुले दलहरु बिच भएको चुनावी गठबन्धन र तालमेलले पार्टीलाइ नै ध्वस्त पारेको र त्यसको नतीजा आगामी निर्वाचनमा देखिने बताए ।

 

Related posts

वीरगन्जका किसानलाइ प्रयाप्त मल उपलब्ध गराइ दिन मेयर सिंहद्धारा आग्रह

हिन्दु धर्म विराेधी भन्दै वीरगन्जमा प्रचण्ड विरुद्ध प्रदर्शन र पुत्ला दहन

जगरनाथपुर गाँउपालिकाकाे वडाहरु मै शिविर सन्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण

Leave a Comment