Shere Parsa
खेलकुद

नेपाल , महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

मधेसखबर
वीरगन्ज, २७ भदाैं : छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले स्थान बनाएको छ।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै  नेपालले अन्तिम चारको यात्रा तय गरेको हो।

काठमाडौंकाे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन्। कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन्।

यस जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हाे। समूह ‘बी’को नेपालले २ खेलमा ६ अंक जोड्यो। समूह ‘ए’बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।

Related posts

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिपको समर्थनमा वीरगन्जमा युवाहरुको प्रदर्शन

विश्वकपकाे दाेश्राे सेमिफाइनलमा आज भारत र इंग्ल्याण्ड भिड्दै

भारत माथि पाकिस्तानकाे राेमान्चक जित

Leave a Comment