Shere Parsa
समाचार

रोटर्याक्ट क्लवको भेला सम्पन्न


मधेसखबर
वीरगञ्ज ,भदौ २६ गते: रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लव अफ हेटौंडा र रोटर्याक्ट क्लव अफ मकवानपुरको आतिथ्यतामा भएको अध्यक्ष सचिव भेला (पिएस मिट) बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको छ ।

शनिबार हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा भएको भेलामा देशैभरका रोटर्याक्ट क्लवका अध्यक्ष–सचिव भेला भएका थिए । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले भेलाको उद्घाटन गरेकी थिईन् ।

सामाजिक संघसंस्थामा आबद्ध युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा समेत सघाउ पुर्याउन उनले अनुरोध गरिन् ।

‘रोटरी, रोटर्याक्ट लगायतका सामाजिक संघसंस्थाले पनि नेपाली समाजमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्’, उनले भनिन्, ‘सामाजिक कामसंगै मुलुकको विकासमा समेत लागिपर्न अनुरोध गर्न चाहन्छु ।’ कार्यक्रमले हेटौंडामा रहेका पर्यटकीय गन्तव्यहरुलाई देशैभर चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले अवलोकन भ्रमणको निम्ति अनुरोध समेत गरिन् ।

रोटर्याक्ट क्लव अफ हेटौंडाका अध्यक्ष मिलन ढकालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा रोटर्याक्टका डीआरआरसी दुर्गाप्रसाद सुवेदी, डीआरआर लक्ष्मण खरेल, रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष सुयसराज पराजुली, रोटर्याक्ट क्लव अफ मकवानपुर अध्यक्ष प्रदीपकुमार राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा करिब १ हजार जना रोटर्याक्ट प्रतिनिधिहरु सहभागी थिए ।

Related posts

मालपाेत कार्यालय सारेकाे विराेधमा कलैयामा प्रदर्शन

पोखरीमा डुबेर सर्लाहीमा एक महिलाको मृत्यु

पर्सामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

Leave a Comment