Shere Parsa
राष्ट्रिय

काठमाडौं–निजगढ फास्ट ट्रयाक आयोजना प्रमुखलाइ कारबाही गर्न संसदीय समितिको निर्देशन

मधेसखबर
वीरगन्ज,२६ भदौं : संसदीय समितिले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुख लगायत जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले फास्ट ट्रयाक आयोजनाको ठेक्का सम्झौता सम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुख लगायत जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेकाले सम्बन्धित पदाधिकारीहरुलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र रक्षा मन्त्रालयलाई सचेत गराइएको समितिकी सभापति कल्याणी कुमारी खडकाले जानकारी दिइन् ।

Related posts

नेपालका कृषि मन्त्रीको राजीनामा माग्दै बंगलादेशमा प्रदर्शन

पर्सा राष्ट्रिय निकुञ्जको वार्डेन डा. अशोक राम

मिटरब्याज पीडितहरुलाई भदौ ५ सम्म उजुरी दिन आह्वान

Leave a Comment