मधेसखबर
वीरगन्ज,२३ भदौं : वीरगन्जमा विश्वविधालय स्थापना हुनु पर्ने वीरगन्जवासीको झण्डै साढे दुइ दशक देखिको चाहना पुरा भएको छ ।मधेस प्रदेश सरकारले वीरगन्जमा मधेस विश्वविधालयकाो स्थापना गरेसंगै वीरगन्जवासीको त्यो चाहना पुरा भएको हो ।
वीरगन्जमा विश्वविधालय स्थापनाका लागि २०५४ साल देखि नै वीरगन्जवासीले अनवरत प्रयास गर्दै आएका थिए । २०६३ सालमा वीरगन्ज विश्वविधालय स्थापना र सन्चालनका लागि यहाका स्थानीय सरकार ,संघसंस्था र शिक्षाप्रेमीले रकम संकलन पनि गरेका थिए । तर सरकारले अनुमति नदिदा विश्वविधालय स्थापना र सन्चालन गर्ने वीरगन्जवासीको चाहना पुरा हुन सकेको थिएन ।
अहिले भने मधेस प्रदेश सरकारले वीरगन्जमा मधेस विश्वविधालय स्थापना गरेको हो । बुुधबार बेलुकी भव्य कार्यक्रम गरेर मधेस विश्वविधालयको उद्घाटन पनि गरिएको छ । पुर्व उपप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेस विश्वविधालयको उद्घाटन गरेका हुन् ।
वीरगन्जको श्रीपुर स्थित नेशनल ट्रेडिङको भवनमा मधेस विश्वविधालयको केन्द्रिय कार्यालय स्थापना गरिएको छ । विश्वधिालयको उपकुलपतिमा वीरगन्जकै प्राध्यापक डाक्टर दिपक शाक्यलाइ नियुक्त गरिएको छ ।
विश्वविधालयको भवन करिब १ सय बिघा जग्गामा निर्माण गरिने र त्यसका लागि जग्गाको खोजी भइरहेको उपकुलपति डाक्टर शाक्यले जानकारी दिए ।शाक्यले भने ,‘ नेशनल ट्रेडिङको भवनममा विश्वविधालयको कार्यालय मात्रै सन्चालन हुनेछ , भवन निर्माणका लागि करिब १ सय बिघा जग्गा वीरगन्ज आसपासमै खोजी रहेका छौं , जग्गा प्राप्त भएसंगै एक जना दाताले भवन निर्माणका लागि दुइ सय करोड रुपैया दान दिन तयार छन् ।
समुद्घाटन समारोहलाइ सम्बोधन गर्दै उपकुलपति शाक्यले वीरगन्जमा विश्वविधालय स्थापना गर्ने वीरगन्जवासीको २५ वर्ष पहिला देखिको चाहना अब पुरा भएको बताए ।उनले मधेस विश्वविधालयलाइ अन्र्तराष्ट्रिय स्तरको नमूना विश्वविधालय बनाइने प्रतिबद्धता जनाए । उनले भने ,‘ यो विश्वविधालयमा अहिले अन्य विश्वविधालयमा चलिरहेका कोर्ष भन्दा फरक कोर्षहरु ल्याइनेछ ।
शाक्यले मधेस विश्वविधालयको स्थापना मधेसको शिक्षाको इतिहासमा एउटा कोशे ढुङगा साबित हुने बताए । उनले भने ,‘ यो मधेस सरकारको अहिले सम्मकै सबै भन्दा उत्कृष्ट काम हो । विश्वविधालय स्थापनाले मधेसको राजनीतिक , सामाजिक , आर्थिक , सांस्कृतिक रुपान्तरणमा ठूलो टेवा पुग्ने जिकिर पनि उनले गरे ।
समुद्घाटन समारोहलाइ सम्बोधन गर्दै मधेसका मुख्यमन्त्री लालबाबु राउतले पनि वीरगन्जमा विश्वविधालय स्थापना गर्ने २०५४ साल देखिको वीरगन्ज्वासीको सोच अहिले मधेस सरकारले पुरा गरेको बताए ।
उनले भने,‘ आज भन्दा २५ वर्ष पहिले नै वीरगन्जमा एउटा विश्वविधालय हुनुपर्छ भनेर हामी लागेका थियौ , त्यसका लागि अनवरत प्रयास पनि गरयौ तर सफल हुन सकिएन ,अहिले आएर वीरगन्जवासीको त्यो चाहना र सोच मधेस सरकारले पुरा गरेको छ ।आजको युग विज्ञान र प्रविधिको युग भएकाले मधेस विश्वविधालयलाइ विज्ञान र प्राविधीक शिक्षाको हबका रुपमा विकास गर्न उनले सुझाव पनि दिए ।
विश्वविधालयको समुद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री एंव जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेस विश्वविधालयलाइ प्राविधिक जनशक्ति उत्पादन गर्ने नमूना शिक्षण संस्थाको रुपमा विकास गर्न सुझाव दिए ।
यादवले भने ,‘ विश्वविधालय धेरै छन् , तर घोकन्ते र रटन्ते शिक्षा मात्रै दिने ती विश्वविधालयहरु भन्दा फरक हुनु पर्छ मधेस विश्वविधालय , किन कि अहिलेको युग विज्ञान र प्रविधीको युग हो , यसैलाइ मध्यनजर गरेर मधेस विश्वविधालय अगाडि बढ्नु पर्छ ।मधेस विश्वविधालयलाइ केव शैक्षिक प्रमाणपत्र बाड्ने संस्था नबनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक हबको रुपमा सन्चालन गर्न उनले सुझाव दिए ।
समुद्घाटन कार्यक्रममा संघीय सकारका वन तथा वातावरणमन्त्री प्रदीप यादव , मधेस प्रदेश सरकारका सामाजिक विकास मन्त्री एंव मधेस विश्वविधालयका कुलपति नवलकिशोर साह , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ता , विभिन्न विश्वविधालयका उपकुलपति , शिक्षा विद लगायतको पनि सहभागिता थियो ।