मधेसखबर
वीरगन्ज,२३ भदौं : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले वीरगन्जमा विश्वविधालय स्थापना गर्ने वीरगन्जवासीको चाहना मधेस सरकार र जसपाका राष्ट्रिय अध्ध्यक्ष उपेन्द्र यादवले पुरा गरेको बताएका छन् ।
बुधबार बेलुकी वीरगन्जको होटल भिस्वामा आयोजित मधेस विश्वविधालय स्थापनाको समुद्घाटन समारोहलाइ सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
वीरगन्जमा विश्वविधालय स्थापनाका लागि साढे दुइ दशक देखि आफुहरुले प्रयास गर्दै आएको भएपनि संघीय सरकारले नसुनेको गुनासो उनको थियो । तर वीरगन्जमा विश्वविधालय स्थापना गर्ने वीरगन्जवासीको चाहना मधेस सरकारले सुनेको भन्दै उनले मधेस सरकार र मुख्यमन्त्री लालबाबु राउतसंगै जसपा अध्यक्ष उपेन्द्र यादवको प्रशंसा गरे ।
यादवले भने ,‘ वीरगन्जमा विश्वविधालय स्थापनाका लागि वर्षौ देखि नेपाल सरकारसंग हामीले पटक पटक हार गुहार लगायौ , भीख माग्यौ तर हाम्रो आवाज कसैले सुनेन आखिर सुन्यो त आफनै मधेस सरकारले , यहाका मुख्यमन्त्री जीले अनि जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जीले ।
मधेस विश्वविधालय स्थापना भएपनि यसलाइ राम्रोसंग सन्चालन गर्नका लागि ठूलो चूनौती रहेको पनि उनले बताए ।
यादवले भने ,‘ वीरगन्जमा नेपाल सरकारको कुनै लगानी छैन , यहाको ठाकुरराम क्याम्पस , नारायणी रंगशाला , घण्टाघर, शंकराचार्य गेट लगायतका सबै ऐतिहासीक संरचनाहरु वीरगन्जवासी आफैले बनाएका हुन् , त्यसैले यो मधेस विश्वविधालय पनि अब वीरगन्जवासी आफैले सन्चालन गर्छन् ।
उनले थपे ,‘ विश्वविधालयको लागि जग्गा खोज्ने , भवन बनाउने र प्रविधीहरु जडान गर्ने लगायतका सबै काम हामी वीरगन्जवासी आफैले गर्छौ , कसैले चिन्ता लिनु पर्दैन ।उनले मधेस विश्वविधालय नेपालमा रहेका अन्य विश्वविधालयहरु भन्दा फरक र नमूनाका रुपमा स्थापित हुने विश्वास आफुले लिएको पनि बताए ।उनले भने ,‘ विश्वविधालय स्थापनाले अब मधेसका युवाहरुलाई अध्ययनका लागी बाहिर जानु पर्दैन, यहीं आफैले रोजेको विषय पठनपाठन गर्न सक्छन् र स्वदेशमै काम गरेर राष्ट्र हितमा लाग्ने छन् ।