Shere Parsa
शिक्षा

जगरनाथपुरमा १२ कक्षा पास गरेका विधार्थीहरु अध्यक्ष यादवबाट पुरस्कृत

मधेसखबर
वीरगन्ज,२१ भदाैं : पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मा रहेकाे नेपाल राष्ट्रिय उच्च माविबाट कक्षा १२ काे परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरुलाइ पुरस्कृत गरिएकाे छ ।

विधालयमै मङ्गलबार आयाेजित कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले कक्षा १२ काे परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल छात्र छात्राहरुलाइ पुरस्कृत गरेका हुन् । त्यस अवसरमा गाँउपालिका अध्यक्ष यादवले विधालयका शिक्षकहरुलाई पनि खादा लगाएर सम्मानित गरे ।

कार्यक्रममा बाेल्दै गाँउपालिका अध्यक्ष यादवले कक्षा १२ पास गरेका छात्र छात्राहरुकाे आगामी उच्च शिक्षाको सफलता र उज्वल भविष्यकाे लागि शुभकामना दिए । उनले शिक्षा क्षेत्रकाे सुधार र विकास आफनाे मुख्य प्राथमिकतामा रहेकाे बताउदै यसमा आफुले कुनै सम्झौता नगर्ने पनि बताए ।

कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द राय , विद्यालयका प्रधानाध्यापक, वडा नम्बर ५ का वडाअध्यक्ष,नेपाल विधार्थी संघका गाँउपालिका सभापति मन्जय गिरि लगायतकाे पनि सहभागीता रहेको थियो ।

Related posts

माफी नमागे गाैतम मावि विरुद्ध आन्दोलन गर्ने अभिभावकहरुकाे चेतावनी

छात्रवृती निवेदन माग बारे सबै संस्थागत विधालयलाई महानगरपालिकाको निर्देशन

वीरगन्जवासीको चाहना मधेस सरकारले पुरा गरयो : वनमन्त्री प्रदीप यादव

Leave a Comment