Shere Parsa
समाचार हेडलाइन

नेपाल भारत बिचको सम्बन्ध बिगार्न चिन र पाकिस्तानको चलेखल : अध्यक्ष झा

मधेसखबर
वीरगन्ज , १३ भदौं : नेपाल–भारत खुला सीमा संवाद समूह नेपालका राष्ट्रीय अध्यक्ष राजीव झाले नेपाल र भारत दुइ छिमेकी बिचको प्रचीन एंव ऐतिहासिक सम्बन्ध माथि पाकिस्तान र चीनको गलत नजर रहेको बताएका छन् ।

वीरगन्जको सीमावर्ती सहर रक्सौलमा दुवै देशका प्रबुद्ध व्याक्तित्वहरुको सहभागीतामा आयोजित गोष्ठीमा बोल्दै झाले चीन र पाकिस्तानले नेपाल भारत बिचको सम्बन्ध बिगार्ने चलखेल गरिरहेको आरोप लगाउदै त्यस प्रति सजग रहनु पर्नेमा जोड दिए । उनले दुइ देशको सम्बन्ध बिगारेर सीमामा तार बार लगाउने परिस्थितीको सृजना गर्ने षडयन्त्र पनि चीन र पाकिस्तानले गरिएको आरोप लगाए ।

उनले दुवै देशका सीमा क्षेत्रमा रहेका जनताको समस्या अध्ययनका लागि एउटा उच्चस्तरी समिति गठन गर्न माग पनि गरे । सीमान्चल क्षेत्रका जनस्तर बिचको सम्बन्धलाइ अझ मजबुत र सुमधुर बनाउनका लागि समय समयमा बैठक गर्नु पर्ने आवश्यकता रहेकाो पनि उनले बताए ।

गोष्ठीमा सहभागी नेपालको गृह मन्त्रालयका पूर्व सँयुक्त सचिव कुशेश्वर झाले सीमा क्षेत्रमा बस्नदे दुवै देशका नागरिक बिना बर्दीको सिपाही भएकाले उनिहरुको कुरा काठमाण्डौ र दिल्लीमा बसेकाहरुले सुन्नु पर्ने बताए । त्यहि अनुसार दुवै देशले नीति र योजना बनाउनु पर्ने उनको भनाइ थियो ।

सीमा जागरण मंचका स्टेट कोर्डिनेटर महेश अग्रवालले यूरोपियन यूनियनका मुलुकहरुमा भएको जस्तै भारत र नेपालमा एकै खालको मुद्रा र पासपोर्टको व्यवस्था लागु गर्नु पर्ने बताए ।मीडिया फर बोर्डर हार्मोनीका केन्द्रिय अध्यक्ष प्राध्यापक उमा शंकर प्रसाद र सचिव दीपक कुमारले सीमा क्षेत्रको सर्वांगीण विकासका लागि स्थलगत अध्ययन गरि विशेष नीति बनाउनु पर्नेमा जोड दिए ।

रक्सौल चेम्बर अफ कमर्स एण्ड इंडस्ट्रीजका अध्यक्ष अरुण कुमार गुप्ताले सीमा क्षेत्रमा भौतिक पुर्वाधारको कमीका साथै सहज सन्चार र यातायातको आभाव रहेको बताए । ठाँउ ठाँउमा हुने गरेको सुरक्षा चेकजांचको निहुमा वीरगन्ज–रक्सौल जाउजाउ गर्नेहरुलाइ अनाहकमा प्रतााडित गरिदै आएको पनि उनले बताए ।
स्वच्छ रक्सौल संस्थाका सचिव डाक्टर मुराद आलमले सीमा क्षेत्रमा लागु औषधको कारोबार फस्टाएकाले युवा पिढी बर्बाद भइरहेको बताए ।

Related posts

दसैं लगत्तै वीरगन्जका सरकारी विधालयहरुको सुधारमा लाग्छौ : मेयर सिंह

यमपन्चककाे दाेश्राे दिन आज काग तिहार मनाइदै

पर्साका जसपा नेताहरु भन्छन् : नागरिकता विधेयक फेल गराउनु मधेसीसंग विभेदकाे निरन्तरता हाे

Leave a Comment