Shere Parsa
राजनीति

काँग्रेसले भाउ खोजे एमालेसंग तालमेल गर्छौ : प्रचण्ड

मधेसखबर
वीरगन्ज, १२ भदौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कांग्रेसले भाउ खोजे एमालेसँग चुनावी तालमेल हुन सक्ने बताएका छन् ।

काठमाण्डौमा पार्टीको बागमती प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेसले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा निहुँ खोजे एमालेसँग तालमेल गरेर अघि बढ्न सकिने बताएका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले भदौ २० गते सम्ममा एक महिला सहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन समेत दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताले भने ,‘ कांग्रेसले भाउ खोज्यो भने एमालेसँग सहकार्य गर्न पनि सकिन्छ भने प्रचण्डले भन्नुभयो ।

 

प्रचण्डले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सारे । पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले अफ्ठेरो पार्न खोजे वामहरुको मोर्चा बनाएर अघि बढ्न सकिने बताए ।

 

प्रचण्डको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘गठबन्धनभित्र पनि वाम दलहरु हुनुहुन्छ , बाममोर्चा बनाएर चुनावमा जान सकिन्छ । तर, हामी गठबन्धनमा प्रतिवद्ध छौं । कांग्रेस पनि हामीसँगै छ ।’प्रचण्डले भने,‘अहिले हामीसँग वाममोर्चाको पनि विकल्प छ । वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउन पनि सक्छौं ।’ साभार : अन्नपूर्ण पोष्ट

Related posts

पर्सामा काँग्रेसले खोल्यो जितको खाता , प्रदेशसभा सदस्यमा पटेल निर्वाचित

राष्ट्रपतिलाई सर्वाेच्च अदालतले साेध्याे नागरिकता विधेयक प्रमाणीकरण नगर्नुकाे कारण

महमुद अन्सारी सहित माओवादी र एमालेका नेताहरु जसपामा प्रवेश

Leave a Comment