मधेसखबर
वीरगन्ज, ११ भदौं : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ रङ्गपुर बजार स्थित प्रहरी चौकीले विभिन्न स्थानबाट ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ ।
सुराकीको अधारमा प्रहरी सहायक निरीक्षक गोपाल प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले चार थान सालको गोलीया काठ र एउटा साइकल बरामद गरेको हो ।
सव डिभिजन कार्यलय अन्तर्गत पर्ने बनजङ्गलबाट तस्करहरुले चोरी निकासी गरी ल्याउदै गरेको अवस्थामा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ को बन्कुल टोलबाट तीन थान र सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ को श्रीपुर टोलबाट एक थाान गरि करिब २० घनफिट परिमाणको गालीया काठ बरामद गरेको हो ।
बरामद काठ र साइकल प्रहरी चौकी रङ्गपुरमा रादिएको प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिए ।