Shere Parsa
राष्ट्रिय हेडलाइन

नागरिकता विधेयक पास गर्दा राष्ट्रघात भन्नु पाखण्ड हो : प्रचण्ड

मधेसखबर

वीरगन्ज,०८भदौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली आमाबुबाबाट जन्मिएका छोराछोरीले नागरिकता पाउने विधेयक पास गर्दा राष्ट्रघात भन्नु पाखण्ड भएको बताएका छन् ।

बुधबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले अहिलेको नागरिकता विधेयक नेपाली नागरिकका छोराछोरीले नागरिकता नपाएर छटपटिइरहेको वेला त्यो अधिकार दिलाउने विधेयक मात्र भएको उल्लेख गरे ।

उनले अहिले पनि नेपाली नागरिकका ६–७ लाख छोराछोरी नागरिकता नभएकै कारण राज्यले दिने विभिन्न अवसरबाट वञ्चित भइरहेको अवस्थामा उनीहरूलाई अधिकार दिने कुरा कसरी राष्ट्रघात हुन्छ भनेर प्रश्न गरे ।

 

आमाबुबा दुवै नेपालका नागरिक भएको छोराछोरीले नारिकता पाउने विधेयक नै अहिलेको सारतत्व भएको उनकाे भनाइ छ ।

उनले यो विधेयक केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत लगिएको, तर अहिले संसदमा ल्याउँदा राष्ट्रघात भन्नु बेइमानीबाहेक केही नभएको बताए । ‘अध्यादेशका रूपमा ओलीले लगेको विधेयक संसदले पास गर्दा कसरी राष्ट्रघात भयो ?’ उनले प्रश्न गरे ।

निर्वाचनको मिति घोषणापछि पहिलोपटक गृहजिल्ला चितवन पुगेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र चितवन ३ मा भएका विकास योजनाको अवलोकनसँगै शिलान्यास पनि गरेका छन् क। उनले चितवनको माडीमा निर्माण सम्पन्न पुल , तटबन्ध र सडकको  शिलान्यास गरेका हुन् । प्रचण्डसंगै   वन तथा वातावरण मन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई पनि चितवनको माडी गएका थिए ।

Related posts

प्यासी जेलबाट छुटेको विरोधमा पिडित परिवारद्धारा परवानीपुरमा प्रदर्शन

पर्सा ४ मा रिजालको भव्य स्वागत ,मतदाता भन्छन् : दुखसुखमा साथ दिनेलाई नै भोट दिन्छौ

राजनीतिबाट सन्यास लिँदैछु : सांसद विमल श्रीवास्तव

Leave a Comment