Shere Parsa
राजनीति

४३ वर्ष देखि काँग्रेसमा रहेका वीरगन्ज १० का प्रमानन्द साह कानुद्धारा पार्टी परित्याग

मधेसखबर
वीरगन्ज, ०७ भदौं : झण्डै चार दशक नेपाली काँग्रेसमा रही सकृय राजनीति गरेका वीरगन्ज महानगरपालिका वडा नम्बर १० का प्रमानन्द साह कानुले काँग्रेस परित्याग गरेका छन् ।

पर्सा क्षेत्र नम्बर २ (ख ) को उपसभापति समेत रहेका कानुले मङगलबार काँग्रेस जिल्ला सभापतिलाइ ङगलबार काँग्रेस जिल्ला सभापतिलाइ सामाजिक सन्जााल मार्फत राजीनामा पत्र पठाउदै काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

विगत ४३ वर्ष देखि आफु काँग्रेसको विभिन्न पदमा रहेर काम गर्दै आएको तर अहिले आएर आफनो स्वास्थ्य अवस्था ठिक नभएका कारणले आफुले काँग्रेसको सबै पद र साधरणसदस्य समेतमा नरहने गरि राजीनामा दिएको गुप्ताले राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले सामाजिक सन्जालबाटै आफनो राजीनामा स्वीकृत गरिदिन पनि पार्टी सभापतिसंग अनुरोध गरेका छन् ।

 

Related posts

प्रदीप यादवको जनलहर बढ्दै , माओवादी छाडेर दुइ दर्जन युवाहरु जसपा प्रवेश

जसपा –एमालेका उम्मेदवारलाई इमान्दारिपूर्वक भोट दिन प्रदीप यादवको आग्रह

स्वतन्त्र उम्मेद्वार रुपेशमानको पक्षमा मतदाता आफैँ गर्दैछन् ठाउँ ठाउँमा भेला

Leave a Comment