Shere Parsa
अर्थतन्‍त्र

ठोरीको सुबर्णपुरमा एटिएम सेवा सुरु

फोटो: रेडियो विजयवस्ती

मधेसखबर

वीरगन्ज,०६ भदौ: पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुबर्णपुरमा सोमबार देखि राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा सन्चालनमा आएको छ।

सुबर्णपुरमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा सोमबार देखि सन्चालित एटिएम सेवाको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले उद्घाटन गरेका हुन् ।

पर्सा जिल्लाको ग्रामीण भेगमा संचालित राष्ट्रिय वाणिज्य बैंकले ग्राहक थप हुँदै गएपछि सुबिधाका  लागि एटिएम सेवा सन्चालनमा ल्याएको हो ।

ग्राहकको आवश्यकतालाई  ध्यानमा राख्दै एटिएम सेवा संचालनमा आएपछि यस क्षेत्रका ग्राहकले बैंकमा धेरैबेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने र कार्यालय समय भन्दा बाहेकका समयमा पनि ग्राहकले बैंकिङ सुविधा पाउने बैंकका सहायक प्रमुख प्रकाश कुमार बर्णवालले बताए ।

बाणिज्य बैंक सुवर्णपुरका शाखा प्रमुख यादव थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  ठोरी ५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन, सुवर्णपुरका पुर्व गावस अध्यक्ष जरी लामा, सुवर्णपुरका अगुवा सुन लामा लगायतको  उपस्तिथि रहेको थियो ।

Related posts

दशैँका लागि पर्सा ,बाराका नागरिकले असोज २ देखि नयाँ नोट साट्न पाउने

ताेलामा १ हजार रुपैयाले घट्याे सुनकाे मुल्याे

भारतले रक्सौल–वीरगन्ज नाकाबाट कच्चा पदार्थ निर्यातमा राेक लगाउदै

Leave a Comment