Shere Parsa
अर्थतन्‍त्र

वीरगन्ज उद्योग वाणिज्य संघद्धारा मन्त्री यादवलाई धन्यवाद

मधेसखबर

वीरगन्ज, २२ साउन : वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वन तथा वातावरण मन्त्री प्रदीप यादव प्रति आभार व्यक्त गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभि विद्युत प्रसारण लाईन भूमिगत (अन्डरग्राउण्ड) गर्न मन्त्री यादवले वन मन्त्रालयबाट अनुमति दिएकोले सङ्घले  आभार व्यक्त गरेको हो । सङ्घले मन्त्रालयमा एउटा पत्र पठाएरै मन्त्री यादवलाई धन्यवाद दिएको हो ।

वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योगहरु एवम् घरायसी प्रयोजनका लागि प्रसारण हुने लाईनमा पटकपटक ट्रिपिङ् हुने, विद्युत लाईन अवरुद्ध हुने, विद्युतको गुणस्तर न्यून हुने जस्ता समस्याहरुबाट विगत तिन दशकभन्दा पनि लामो समयदेखि आजित बनेका थिए ।

पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै मन्त्री यादव  प्रति आभार व्यक्त गरिएको सङ्घका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले बताए  ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभि क्षमताको विद्युत प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्याहरु समाधान हुने अध्यक्ष डा. गुप्ताको विश्वास छ ।

मन्त्री यादवले यही साउन १८ गते नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईनअन्र्तगत ३३ केभि क्षमताको भूमिगत विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएका थिए। अनुमति नपाएर उक्त काम विगत ३ दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन ।

Related posts

पर्सा बाराका पेन्ट उधोगहरुको लापरवाहीले बालबालिकाको ज्यान जोखिममा

उधोगीको ९ बुँदे सुझाव सहित मधेस प्रदेश औद्योगिक सम्मेलन सम्पन्न

नेपालका उधोगमा भारतीय मजदुर नराख्न संसदीय समितिको निर्देशन

Leave a Comment