Shere Parsa
पर्यटन हेडलाइन

वस्ती खालि भए मात्र निजगढ विमानस्थलका लागि रुख काट्ने अनुमति दिन्छौ : वन मन्त्री यादव

मधेसखबर
वीरगन्ज, २१ साउन : वन तथा वातावरण मन्त्री प्रदीप यादवले मुअब्जा पाइसकेका जग्गाको वस्ती खाली गरिए मात्र निजगढ विमानस्थल निर्माणका लागि रुख काट्ने अनुमति दिने बताएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ४ मा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको शनिबार उद्घाटन गर्दै मन्त्री यादवले भने ,‘ मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न दिन्न ।उनले अन्तर्राष्ट्रिय बिमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर बिमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि बन मन्त्रालयबाट अनुमति दिने बताए ।

 

मन्त्री यादवले निजगढ अन्र्तराष्ट्रिय बिमानस्थल मधेसको लाईफलाइन भएको हुँदा आफु त्यसको विरोधी नभएको पनि स्पष्ट पारे । उनले भने, ‘ रुख काटेर जग्गा खाली गराउने, अनि फेरी बस्ती बसाल्ने र मुआब्जा दिने कुरा अब चल्दैन ,पहिला मुआब्जा पाएको जग्गा खाली गराएर बिमानस्थलका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रुख काट्न मन्त्रालयले अनुमति दिँदैन ।

उनले वन माफियालाई तह लगाउनका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताउँदै मन्त्रालयको निर्देशन बमोजिम बनजंगलको संरक्षणका लागि काम गर्न निर्देशन दिए ।

 

वन मन्त्रालय ताली खाने नभएर गाली खाने मन्त्रालय भएको हुँदा गाली सहेर पनि वन जंगल संरक्षण तदारुकता देखाउन उनले आग्रह गरे । राम्रो काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्ने बताउँदै उनले सम्मान पाउने लायकको काम गर्न पनि निर्देशन दिए ।

 

Related posts

बाराको १ र ४ मा काँग्रेसको पल्ला भारी

बारामा उधोग लुट्न आएका डाँका र प्रहरी बिच गोली हानाहान , एक प्रहरी सहित दुइ घाइते

पर्सा १ मा प्रदीप यादवको जनलहर : नेकपा एसका वडा अध्यक्षका प्रत्याशी सहित सयौं जसपा प्रवेश

Leave a Comment