Shere Parsa
राष्ट्रिय हेडलाइन

मतगणनाकाे सुचना सहज र प्रभावकारी बनाउन निर्वाचन आयाेगकाे निर्देशन

वीरगन्ज ,०२ मंसिर :निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना र मत परिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधकिृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

आयोगले गरेका निर्णयहरू यस्ता छन्:

१.    प्रत्येक मतगणनास्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारहरूका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने र सो कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने ।

२.    मतगणना कार्यको सुरुआतमा एकपटक वा पालो मिलाएर भिडियो तथा फोटो पत्रकारलाई गणनास्थलको दृश्य र तस्वीर लिन सक्ने गरी आवश्यक प्रबन्ध गर्ने ।

३.    मतगणना कार्यको प्रत्येक घण्टामा प्राप्त मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले यकीन गरी सम्बन्धित मुख्य/निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्ने ।

४.    मतगणनास्थलमा राजनीतिक दल र उम्मेदवारको सहमतिका आधारमा माइकङि वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउने ।

५.    निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आधिकारिक मतपरिणामलाई सञ्चारमाध्यमले आफ्नो वेबपेज वा पोर्टलमा आबद्ध गर्न चाहेमा सोका लागि आयोगको परिणाम पोर्टलको लिंक (https://result.election.gov.np) लाई embed गरी प्रकाशन गर्न सक्ने ।

६.    मतगणनाबारे आधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्न/नगराउन सबै सञ्चारमाध्यमहरूलाई आग्रह गर्ने ।

Related posts

राष्ट्रिय खेलकुद प्रतियोगितामा वीरगन्जका सोयब अख्तरले जिते स्वर्ण पदक

छठ पर्ब कसरी मनाइन्छ ?

बाराको बस दुर्घटना : पर्सा र बाराका को को परे ? ( मृतक र घाइतेको विवरण )

Leave a Comment