Shere Parsa
समाचार

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अनेरास्ववियुको प्रदर्शनी


मधेसखबर
वीरगञ्ज , साउन १८ :  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाइएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि आज बिहान विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए ।

अनेरास्ववियुले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको अन्तर्राष्ट्रिय बजार मूल्य घटेकाले त्यस अनुसार समायोजन गर्नु पर्ने माग गरेको छ ।

भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ । मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने स्वचालित प्रणाली लागू हुँदै आएको छ । साभार : अनलाईनखबर

Related posts

मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

प्रतिबन्धित लागूऔषध सहित दुईजना पक्राउ

वीरगन्जको छपकैयाबाट तस्करीको ६ लाख मुल्यको औषधी बरामद

Leave a Comment