Shere Parsa
समाज

बार्षिक उत्सवमा रेडियो वीरगन्जले मंसिर २४ गते रक्तदान कार्यक्रम गर्ने

मधेसखबर
वीरगन्ज, १२ मंसिर : वीरगन्जबाट प्रशारण हुदै आएको रेडियो वीरगन्ज ९९ मेगाहर्जले २१ औं बार्षिक उत्सवको अवसरमा यहि मंसिर २४ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आफनो प्रसारणको २० वर्ष पुरा गरी २१ औँ बर्षमा प्रवेश गर्ने अवससरमा रेडियो परिसरमा आयोजना हुने रक्तदान कार्यक्रममा विगतका बर्षहरुमा झै यस बर्ष पनि उल्लेख्य सहभागिता जनाउन रेडियोका श्रोता, शुभचिन्तकहरुलाई रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले आह्वान गरेका छन् । बार्षिक उत्सवको अवसरमा रेडियोले विभिन्न कार्यक्रमको समेत आयोजना गर्ने अध्यक्ष साहले बताए ।

आम श्रोता, विज्ञापनदाता, शुभेच्छुक, सबैको अपार स्नेहका कारण रेडियो वीरगंज मध्य तराईका श्रोताहरुको ढुकढुकी बन्न सफल भएको साहद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Related posts

नेत्रहिन क्रिकेट संघको कार्यक्रममा ६ महिला सहित १८ जनाद्धारा रगत दान

बाराको आधाभार जंगल क्षेत्रमा यौनजन्य कृयाकलापमा संलग्न ५ महिला पक्राउ

पर्साको ग्रामीण भेगमा पनि बच्चा चोरको हल्लाले बालबालिका र अभिभाव त्रसीत

Leave a Comment