Shere Parsa
स्थानिय

बाराकाे कबहीगाेठबाट ३० केजी गाजा बरामद

मधेसखबर
वीरगन्ज ,१२ मंसिर : बाराकाे सुवर्ण गाँउपालिका वडा नम्बर २ कबहीगाेठबाट सशस्त्र प्रहरीले ३० केजी गाजा बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट कबहीगाेठबाट सशस्त्र प्रहरी निरिक्षक नवीन देउजाकाे नेतृत्वमा खटिएकाे गस्ती टाेलीले भारतीय सीमा क्षेत्र नजिकैबाट दुई वटा पाेकामा रहेकाे ३० केजी गाजा बरामद गरेकाे हाे ।

भरियाहरुले पैदल गाजा लिएर भारत तर्फ जाँदै गरेकाे अवस्थामा सशस्त्र प्रहरीकाे गस्ती टाेलीले देखेपछि भरियाहरु गाजाकाे पाेका फालेर भागेकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

बरामद गाजा आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्राैनगढमा बुझाईएकाे सशस्त्र प्रहरी निरिक्षक देउजाले जानकारी दिए ।

Related posts

बारामा श्रेष्ठ र सोनललाई १५१ किलोको माला लगाएर स्वागत

माेटरसाइकल दुर्घटनामा पर्साका २ जनाकाे मृत्यु

वीरगन्जमा पनि बच्चा चोरको त्रास , छपकैयाबाट भारतका तीन मुस्लिम महिला पक्राउ

Leave a Comment