मधेसखबर
वीरगन्ज, १० मंसिर : रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाण पराजित हुने निश्चित भएको छ ।
अब करिब २८०० मतगणना बाँकी रहँदै काँग्रेसका उम्मेदवार खाँण राप्रपाका उम्मेदवार दीपक बोहरासँग पराजित हुने पक्का भएको हो ।
जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार अब २८०० मत मात्र गणना बाँकी रहँदा राप्रपाका बोहराले २९०० मतान्तरले अग्रता लिएका छन्। सबै मत गनिसकेपछि मात्र निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्ने छ ।