Shere Parsa
रोचक दुनियाँ

चुनावी चटारोमै बिरामीको सेवा : घरदैलोमै बिरामी जाँच्दै, औषधि लेख्दै डा.मधु

मधेसखबर
वीरगन्ज,०१ मंसिर : डाक्टरको काम के हो ? सामान्यत ः अस्पतालमा बिरामी जाँच्ने र औषधी लेख्ने दिनचर्या हुन्छ डाक्टरको ।

तर, स्वास्थ्य सेवाबाट मात्र समाज परिवर्तन असम्भव देखेर राजनीतिमा होमिएकी डा. मधु गुप्ता कुर्मी आफ्नो राजनीतिसँगै विरामीको सेवामा जुटिरेहेको अवस्थामा भेटिइन् ।

पर्सा क्षेत्र नम्बर ३ (ख) बाट जसपा र एमालेकी साझा उम्मेदवारको रुपमा प्रदेशसभा सदस्यको उम्मेदवार बनेकी डा. मधु चुनावी घरदैलोको क्रममा बिरामीको स्वास्थ्य अवस्था हेरी औषधी लेखेकी हुन् ।

स्थानीय विशाल यादवले स्वास फेर्न गाह्रो महसुस भएपछि घरदैलोमा भेटिएकी डा. मधुलाई आफ्नो समस्या सुनाएका थिए । डा. मधुले विशालको समस्यबारेमा जानकारी लिइसकेपछि उनीसँगै कागज मागेर छेउमै मोटरसाइकलको सीटमा कागज राखेर औषधि लेखिदिइन ।

मधुको सल्लाहमा औषधी सेवन गरेपछि विशालले अहिले स्वास्थ्य लाभ गरेको बताएका छन् । डा. मधु मुटु रोग विशेषज्ञ हुन् ।
‘चुनावी चटारोकै बीचमा पनि बिरामीको सेवा गर्न पाउनु मेरो लागि खुशीको कुरा हो । सेवालाई कुनै स्थान र कुनै प्रकारको व्यस्तताले फरक पर्दैन, डा. मधुले भनिन्,’ बिरामी जाँच्ने र औषधी लेख्ने मेरो सेवामूलक काम हो । तर, अहिले राजनीतिमार्फत समाजसेवामा जोडिन आएकी छु ।’

पर्सा जिल्लाको सामाजिक र आर्थिक अवस्था परिवर्तनका लागि भन्दै मधु यतिखेर डाक्टरी पेसा छोडेर राजनीतिमा होमिएकी छन् ।

Related posts

बिहेको १० वर्ष पछि ललिताले एकै पटक जन्माइन् तीन छोरा

वीरगन्ज नाकाबाट कुकुरको पनि तस्करी भइरहेको खुलाशा

देउवाको ज्योतिषीको सल्लाह : चुनावका लागि उत्तम समय मंसिर ४ गते

Leave a Comment