Shere Parsa
राजनीति हेडलाइन

नागरिकता मुद्धाका लागि अदालत सम्म लडेको हुँ ,यो समस्या समाधान गरेरै छाड्छु– प्रदीप यादव

मधेसखबर
वीरगन्ज,०१ मंसिर : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यमा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले नयाँ सरकार बनेको एक महिना भित्रै नागरिकताको समस्या समाधान हुने बताएका छन् ।

जसपाका केन्द्रिय राजनीतिक सदस्य समेत रहेका रहेका यादवले मंसिर ४ को निर्वाचनबाट केन्द्रमा जसपा–एमाले गठबन्धनको सरकार बन्ने र त्यो सरकारले नागरिकताको समस्या एक महिना भित्रै समाधान गर्ने दाबी गरेका हुन् ।एमालेले पनि आफनो घोषणा–पत्रमै नागरिकताको समस्या एक महिना भित्र सम्बोधन गर्ने उल्लेख गरिसकेकोले अब यसमा कुनै उल्झन नरहने उनले बताए ।

 

बिहीबार वीरगन्जमा सन्चारकर्मीसंग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका यादवले भने ,‘ नागरिकताको मुद्धा सम्बोधनका लागि म सडक देखि सदन सम्म मात्र नभइ अदालत सम्म पुगेर संघर्ष गर्दै आएको छु , एमालेले पनि घोषणापत्रमै एक महिना भित्र सम्बोधन गर्ने उल्लेख गरिसकेको छ , त्यस कारण अब यो मुद्धा सम्बोधन हुन्छ, मैले यो समस्या सामधान गराएरै छाड्छु ।

यादवले पर्सा १ मा विपक्षीले जति सुकै हौवा फैलाएपनि आफनो जित सुनिश्चित भइसकेको दाबी गरे । यादवले भने ,‘ विपक्षीहरुले फेसबुकमा अरु क्षेत्रका मान्छे खटाएर अनर्गल हौवा फैलाइरहेका छन् , त्यसले केहि फरक पर्नेवाला छैन , किन कि मत दिने पर्सा १ का मतदाताहरु हुन् , उनिहरुको अपार समर्थन मलाई छ , त्यस कारण मेरो जित सुनिश्चित छ । उनले पर्सा १ का जनताले कामको मुल्यांकन गर्ने भएकाले यसपालि यहाका मतदाता कसैको भावनामा नबहकिने जिकिर पनि गरे ।

पर्सा १ मा कुनै पनि उम्मेदवार दोहोरयाएर जितेको इतिहास त छैन नि ? भन्ने सन्चारकर्मीको प्रश्नमा यादवले यसपालि भने पर्सा १ मा नयाँ इतिहास रचिने दोहो¥याए ।

यादवले भने ,‘ म भन्दा पहिले जितेका सांसदहरु जनता भन्दा पनि पदको लिप्सामा मात्रै रमाएर बसे , जनताको समस्या र सुखदुखदको मतलब नै गरेनन् , तर २०७४ मा मैले जितेपछि जनताकै माझमा बसे , क्षेत्रको विकास र समृद्धिका लागि थुप्रै कामहरु गरे , त्यसैको मुल्यांकन गरेर जनताले फेरि मलाई अवसर दिदैछन् , पर्सा १ ले यसपालि नयाँ इतिहास रच्दैछ ।

 

तपाइले पनि खासै कुनै ठोस कामहरु गर्नु भएन भनेर विपक्षीहरुले आरोप लगाउदैछन् त ? भन्ने प्रश्नमा यादवले भने ,‘ विगत पाँच वर्षको कार्याकालमा पर्सा १ मा विकास निर्माणका के के कामहरु गरेको छु ? जनताको सुखदुखमा सदैव साथ दिएको छु कि छैन ? यस बारे जान्न चाहनु हुन्छ भने क्षेत्रमा गएर हेर्दा हुन्छ , त्यहाका जनताले आफै तपाईलाइ मैले गरेका कामहरु देखाइदिने छन् ।

विगतमा सांसद र उपमेयर जितेर पनि केहि गर्न नसकेका व्याक्तिले नै अहिले प्रदीप यादवले केहि गरेन भन्दै भ्रम छर्दै हिडेपनि जनताबाट उनले जवाफ पाइसकेका कारण अत्तालिएर ती व्याक्तिले भ्रम छरेको यादवले बताए ।

Related posts

जसपा अहिले त गठबन्धन मै छ : उपेन्द्र यादव

सरकारमा सहभागी मन्त्रीहरु बारे जसपाले उम्मेदवारी दर्तापछि निर्णय गर्ने

एमालेका वडा अध्यक्ष उम्मेद्वार सर्राफ लाेसपा प्रवेश, साेनल र श्रेष्ठले गरे स्वागत

Leave a Comment