Shere Parsa
राजनीति

निर्वाचन नजिकिएसंगै डा.मधुको पक्षमा जनलहर बढ्दै

मधेसखबर
वीरगन्ज, २९ कार्तिक : मंसिर ४ को निर्वाचन नजिकिएसंगै पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेशसभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी प्रति जनलहर बढ्दै गएको छ ।
मङगलबार चुनावी घरदैलोको क्रममा मतदातालाई भेट्न पुगेकी गुप्तालाई मतदाताहरु पनि उनको साथमा गाँउ गाँउ घुमेर गुप्तालाई मतदन गर्न आग्रह गरेको जसपा पर्साका युवा नेता पवन सिंहले बताए ।
क्षेत्र नम्बर ३ ( ख ) का जनताले आफै डा.मधुको पक्षमा मंगलबार मतदाताको घर घरमा पुगेर मत मागेको जसपा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताए ।
निर्वाचन नजिकिएसंगै डा.मधु प्रति मतदाताको रुझान झन बढ्दै गएको पोखरिया नगरपालिकाको सतवरीयाका सुमिर साहले बताए ।डा.मधु फरक पेशाबाट आएको र अनुभवी एंव स्वास्थ्य क्षेत्रमा विज्ञता हासिल गरेको हुदा उनि मतदाता माझ लोकप्रिय रहेको साहले बताए ।

Related posts

पर्सामा प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउने काँग्रेसको निर्णय

एमाले–जसपाको अपबित्र गठबन्धन देश र जनताको हितमा छैन : नेता प्रभु साह

वीरगन्ज २ का माओवादीका प्रभावशाली नेता खलील अन्सारी पनि जसपा प्रवेश

Leave a Comment