Shere Parsa
राजनीति

पर्सामा जसपा–एमाले गठबन्धन जिताउन संयुक्त महिला परिचालन समिति गठन

मधेसखबर
वीरगन्ज, २० कार्तिक : पर्सामा जसपा–एमाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भन्दै दुवै दलका महिला संगठनहरुको संयुक्त महिला परिचालन समिति गठन गरिएको छ ।

वीरगन्जमा आइतबार आयोजित जसपा निकटको समाजवादी महिला संघ नेपाल र एमाले निकट अखिल नेपाल महिला संगठनको संयुक्त भेलाले १५ सदस्यिय संयुक्त महिला परिचालन समिति गठन गरेको हो । समितिको संयोजक समाजवादी महिला संघ नेपालकी मधेस प्रदेश उपाध्यक्ष पिंकी यादव रहेकी छन् ।

समितिको सदस्यहरुमा अखलि नेपाल महिला संग्ठनकी वीरगन्ज इन्चार्ज मुना दाहाल , समाजवादी महिला संघकी पिंकी सिंह , अन्नापूर्णा मानन्धर सिंह , मिथिला खतिवडा , सुगान्धी यादव , पबित्रा पोखरेल,अलका प्रधान, गिता यादव, विन्दु श्रेष्ठ , सन्जु दाहाल,जमिला खातुन , मन्जु परियार , सुनिता साह र प्रेरणा श्रेष्ठ रहेका छन् ।

दुवै दलका महिला संगठनको भेलाले जसपा–एमाले गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव , १ को (क) का प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादव , १ को (ख)का उम्मेदवार लालबाबु राउत , पर्सा २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सुरेन्द्र कुर्मी , २ को (क) का प्रदेशसभा सदस्य उम्मेदवार रामनरेश यादव र २ को (ख)का उम्मेदवार हरेराम पटेललाई जिताउनका लागि संयुक्त महिला परिचालन समिति गठन गरिएको समितिकी संयोजक यादवले जानकारी दिइन् ।

Related posts

पर्सा ४ मा काँग्रेसको चुनावी गतिविधी तिब्र , रिजाल प्रति जनलहर बढ्दै

पर्सा १ का स्वतन्त्र उम्मेदवार द्विवेदी पनि उत्रिए चुनावी प्रचारमा

डाक्टरी छोडेर राजनीतिमा किन आइन् डा. मधु गुप्ता ?

Leave a Comment