Shere Parsa
राष्ट्रिय हेडलाइन

चुनावकै विषयलाई लिएर सर्लाहीमा माओवादीद्धारा राजमार्ग अवरुद्ध

मधेसखबर
वीरगन्ज, २० कार्तिक : नेकपा माओवादी केन्द्रका कार्यकर्ताले सर्लाहीको हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार माया बल माथि भएको आक्रमणको विरोध गर्दै र दोषि माथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका हुन् ।

सर्लाहीकी बल माथि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।

पौडेललाई ईलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरे पनि शनिबार पौडेल छुटेका थिए ।साभार : अनलाइनखबर

Related posts

एमालेका गुप्ताले जितेको ३ दिन पछि पाए प्रमाणपत्र , भन्छन् : सत्यको जित भएरै छाड्यो

पर्सामा कांग्रेसले भन्यो : जसपालाई तीन सिट दिन सकिन्न

बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा १० करोड बढिको भ्रष्टाचार भएको अख्तियारको ठहर

Leave a Comment