Shere Parsa
राजनीति

प्रदेशसभा सदस्यमा डा. मधुलाई जिताउन राज कुमार गुप्ताकाे आग्रह

मधेसखबर
वीरगन्ज ,१९ कार्तिक :पर्साको क्षेत्र नम्बर ३ को (ख) मा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेका साझा उम्मेदवारले सयुँक्त रुपमा घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता र ३(ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार डा. मधु गुप्ता कुर्मीले पोखरियाको नगरपालिका वडा नम्बर ५ सतवरियामा घरदैलो गरेका छन् ।

घरदैलोका क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार गुप्ताले जसपा र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन् ।

प्रदेशसभा सदस्य उम्मेदवार डा. गुप्ताले पर्सा जिल्लाको सापेक्ष विकास र मधेशीको अधिकारका लागि जसपा–एमालेका साझा उम्मेदवारको जीत अपरिहार्य भएको बताइन् ।

चिकित्सा क्षेत्रमा आफ्नो विज्ञता रहेको बताउँदै उनले आफ्नो क्षेत्रमा पनि स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाउँदै आफुलाई मत दिएर मतदाताले जिताउने विश्वास डा. गुप्ताको छ । घरदैलोमा जसपा र एमाले नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको डा. गुप्ताको सचिवालयले जनाएको छ ।

Related posts

बारा ४ मा किसान श्रेष्ठको लोकप्रियता बढ्दै

हरेक वडामा एमबीबीएस डाक्टर सहितको उपचार सेवा उपलब्ध गराउछु : प्रदीप यादव

जयमङगलापुरमा काँग्रेस उम्मेदवार रिजालाई भव्य स्वागत

Leave a Comment