मधेसखबर
वीरगञ्ज कार्तिक १८ गते :
वीरगंज महानगरपालिका नगरकार्यपालिकाको कार्यालयले आम संचार माध्यम प्रवद्र्धन तथा नियमन समिति पुनर्गठन गरेको छ ।
रेडियो नेपालका वीरगञ्ज ब्युरो प्रमुख एवम् रेडियो वीरगञ्जका समाचार प्रमुख ध्रुब अधिकारीको संयोजकत्वमा गठीत १३ सदस्यीय समितिले शुक्रवार पूर्णता पाएको हो ।
वीरगञ्जबाट सञ्चलित, प्रसारित एवम् प्रकाशित सञ्चार माध्यमहरुको प्रबद्र्धनका लागि महानगरपालिकाले आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिका सदस्यहरु मनोनयन गरेको हो ।
त्यसैगरी समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , रामनाराण कुर्मी , बृजलाल पासवान , मनोज पटेल , माधुरी महतो , मुस्कान श्रेष्ठ , अमित अग्रवाल , अमित साह , राम सरार्फ , आविद हुसैन , वीरेन्द्र साह हिटलर मनोनयन भएका छन् ।
पुनर्गठित समितिको सदस्य सचिवमा वीरगंज महानगरपालिकाका शम्भु प्रसाद मनोनयन भएका छन् ।
त्यस्तै आमन्त्रित सदस्यहरुमा नवराज फँुयाल , निर्मला पौडेल , चित्र मल्ल , सैफअलि खान , नितु देवी रहेका छन् भने पदेन सदस्यमा राम कुश्वाहा , रुपनारायण राउत र ईश्वर बराल रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद पौडेलले जानकारी दिए ।
आम सञ्चार सम्बन्धि ऐन २०७८ को दफा ५ को उपदफा १ ९ख० बमोजिम ४ वर्षसम्म्का लागि समितिका पदाधिकारी र सदस्यहरु मनोनयन गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।
मनोनित सदस्यहरुलाई महानगरपालिकाका प्रमुख राजेश मान सिँहले आज मनोनय पत्र सहित खादा , डायरी , पेन हस्तान्तरण गर्दै समितिका सबै सदस्यले कसैलाई काखा पाखा नगरी ईमान्दारी पुर्वक कार्य गर्ने विश्वास व्यतm गरेका थिए ।साथै राम्रो गरे आगामी दिनमा अझ व्यतिmत्व विकासमा टेवा पुग्ने तर ईमान्दारीता साथ कार्य सम्पदान नगरे आफ्नो निगरानी निरन्तर रही रहने समेत बताएका थिए ।
मनोनित भएका संयोजक एवम् सदस्यहरुलाई वीरगञ्जको पत्रकारिता क्षेत्रको विकास र प्रवद्र्धनका लागि कुनै कसर बाँकी नराखेर काम गर्न पनि सिंहले आग्रह गरेका छन् ।