Shere Parsa
राजनीति

जनताबाट पाइरहेको स्वागत र समर्थनले निक्कै उत्साहित छु : रमेश रिजाल

मधेसखबर
वीरगन्ज, १८ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजालले चुनावी घरदैलोका क्रममा जनताबाट पाइरहेको स्वागत र समर्थनले आफु् निक्कै उत्साहित बनेको बताएका छन् ।

क्षेत्रका हरेक पालिकाका हरेक वडा र टोलहरुमा चुनावी घरदैलोका क्रममा पुग्दा स्थानीय र मतदाताहरुले स्वर्फूत रुपमा स्वागत र समर्थन गरिरहेको र यसले आफुलाई थप उर्जा प्राप्त भइरहेको रिजालले बताए ।शुक्रबार बिहान जिराभवानी गाँउपालिका वडा नम्बर २ को काठमाडौं टोलमा काँग्रेसबाटै प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी र नेता कार्यकर्ताहरुको साथमा पुगेका रिजाललाई स्थानीयले घरघरमा स्वागत र समर्थन गरेका थिए ।

मतदाताको स्वागत र समर्थन पाएर उत्साहित बनेका काँग्रेस केन्द्रिय सदस्य रिजालले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस नेतृत्वको गठबन्धनलाई मत दिन मतदाताहरुलाई आग्रह गरे । मधेस विरोधी एमाले र सत्ता स्वार्थका लागि उसंग अपबित्र गठबन्धन गरेको जसपाबाट मधेस मात्र नभइ देश पनि खतरामा रहेकाले ती प्रगितमनकारीहरुलाई यसपालि परास्त गर्नु पर्नेमा उनले जोड दिए ।
मतदातासंग रिजालले भने ,‘ म तपाईहरुको भरोसालाई कहिले पनि टुट्न दिन्न , बाँचुन्जेल पर्सा ४ को विकास र जनताको सेवामा समर्पित रहनेछु , यसपालि अवसर दिनु भयो भने यस क्षेत्रका लागि अहिले सम्म नभएका नमूना कामहरु गरेर देखाउछु , यो मेरो वाचा भयो ।

चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एस र लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

Related posts

टिकट नपाएपिछ जसपा केन्द्रीय सदस्य बेगमले पनि दिइन् स्वतन्त्र उम्मेदवारी

पर्सा १ का काँग्रेस नेता कार्यकर्ता भन्छन् : कर्ण नै हाम्रा उम्मेदवार हुन्, जसरी पनि जिताउछौं

मतदाता भन्छन् : यस पटक स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताएर पठाउछौँ

Leave a Comment