Shere Parsa
राजनीति

रमेश कुर्मी भन्छन् : झुठा आश्वासन बाँड्नेहरुसंग सतर्क रहनु हाेला

मधेसखबर
वीरगन्ज ,१५ कार्तिक :पर्सा क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार रमेश प्रसाद कुर्मीले क्षेत्रका मतदाताहरुसँग भेटघाट गरेका छन् ।

छठ पूजा सम्पन्न भएपश्चात उम्मेदवार कुर्मीले जनतासँगको भेटघाट र घरदैलो कार्यक्रम गर्ने क्रममा मङ्गलबार बहुदरमाई नगरपालिका वडा नम्बर २ को सिसियडी टोलमा पुगेर मतदातालाई भेटेका हुन् ।

त्यस क्रममा कुर्मीले विगतमा गरेको काम र क्षेत्रको विकासका लागि पुर्याएको योगदानको मूल्यांकन गरेर मतदान गर्न स्थानीयसँग आग्रह गरे ।

उनले पाँच वर्षसम्म जनता समक्ष एक पटक पनि नजाने र निर्वाचनको मुखमा आएर मिठो मिठो कुरा गर्नेहरुसँग सचेत रहन आग्रह गर्दै काम गर्ने व्यक्तिलाई मत दिएर आफ्नो मतको सदुपयोग गर्न आग्रह गरे । उनले भने, ‘जनताको विचमा कहिले पनि नआउने र अचानक निर्वाचनको मुखमा ठूलोठूलो कुरा गर्नेहरुसँग तपाईहरु सचेत रहनु पर्छ , उनीहरु आज भोट माग्न आएका छन्, भोट पाए पछि फेरी अर्को चुनावसम्म फिर्ता आउँदैनन् ।’

पाँच वर्षसम्म प्रदेश सरकार मार्फत र आफ्नो संसदीय कोषको रकम मार्फत क्षेत्रमा भ्याएसम्मको विकास निर्माणको काम गरेर स्थानीको जीवनस्तर उकास्ने काम गरेको दावी गर्दै कुर्मीले भने, ‘पाँच वर्षसम्म मैले लडेर भएपनि क्षेत्रको विकास गरेर जनताको जीवनस्तर उकास्ने काम गरेको छु ,विकास निर्माणको काममा कुनै कन्जुस्याई गरेको छैन , अन्य उम्मेदवार र म वबचको भिन्नता यही हो ।’

कुर्मीले जनतालाई अब मुर्ख बनाउन नसकिने बताउँदै जनताले काम गर्नेको मूल्यांकन गरेर मतदान दिने बताए ।उनले भने, ‘मतदाता म चनाखो भएका छन्, उनीहरुलाई कुरामा लगाएर भोट पाउँछ भनेर सोच्नेहरु मुर्ख हुन्
,अब जनताले कामको मूल्यांकन गर्छन अनि मात्र मतदान दिन्छन ।’

Related posts

पर्सा २ मा चौरसियाको पक्षमा माहोल बन्दै , एकजुट भएर लाग्ने गठबन्धनको प्रतिबद्धता

युवादेखि बृद्धको एउटै आवाज : पर्सा ३ (ख) मा डा. मधुलाई मतदान

बारा ४ मा एमालेका युवाहरु नेकपा एसमा प्रवेश , श्रेष्ठले गरे स्वागत

Leave a Comment