Shere Parsa
राजनीति हेडलाइन

काँग्रेस प्रतिको बढ्दो जनलहरले विपक्षीहरु अत्तालिएका छन् : अजय चौरसिया

मधेसखबर
वीरगन्ज,१५ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले चुनाव नजिकिदै जादा मतदातासंगको भेटघाट कार्यक्रमलाई झन तिब्र पारेको छ ।

काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्यका उम्मेदवार श्याम पटेलले मङगलबार पनि चुनावी घरदैलो गरेका छन् । नेता कार्यकर्ता सहित दुवै उम्मेदवारले पर्सागढी नगरपालिका वडा नम्बर ७ को टिकुलीया, एकटांगा , रघुनाथपुर , फुलवरीया र बागेश्वरीमा पुगेर मतदालाई भेटेका हुन् । त्यसक्रममा दुवै उम्मेदवारलाई त्यहाका स्थानीयले फुलमाला लगाएर स्वागत पनि गरेका थिए ।

मतदातासंग भेट्दै प्रतिनिधीसभा सदस्यका उम्मेदवार चौरसियाले काँग्रेस प्रति बढ्दै गइरहेको जनलहरले विपक्षीहरुले आत्तिएर भ्रम फैलाइरहेकाले त्यस्ता भ्रममा नपर्न आग्रह गरे ।उनले सधै मधेस र मधेसीको विरोधमै रहदै आएको एमालेसंगै जसपाले अहिले आएर बढि सिटका लागि अचानक साँठगाँठ गरेकोले जसपा पनि मधेस विरोधीकै कित्तामा उभिएको पैष्ट भएको बताए ।

मधेस काँग्रेसको आधार क्षेत्र भएकाले काँग्रेसले सदैव मधेसको मर्म बुझदै आएकाले मधेसी जनता यसपालि पनि काँग्रेसकै साथमा रहेको बताए । चौरसियाले भने ,‘ जसपा जो सिटको बहानामा मधेस विरोधीसंग घाँटी जोड्न पुगेको छ , सिट बढि पाएपछि उसले मधेस मधेसीको एजेन्डा चटक्कै बिर्सियो , त्यस्ता दल र उसका उम्मेदवारलाई मधेसी हु भनेर भोट माग्ने कुनै नैतिकता नै छैन ।

नागरिकता लगायत मधेसका मुद्धा सम्बोधनका लागि काँग्रेस नेतृत्वको सरकारले पटक पटक प्रयास गर्दा पनि एमालेकै कारण रोकिएको यथार्थ जनता माझ छर्लङग नै रहेको पनि उनले बताए । चौरसियाले भने ,‘ अब पनि त्यहि मधेस विरोधी र उससंग साँठगाँठ गर्ने जसपाले जित्यो भने नागरिकताको समस्या फेरि सामधान हुदैन ।

चौरसियाले प्रतिगमनका मतियारहरुलाइ जनताले यसपालि अवश्य सबक सिकाउने पनि बताए । चुनावी घरदैलो कार्यक्रममा
पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव , बहुदरमाइ नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह , काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन, वडा अध्यक्ष शंकर रायभर , काशी यादव , जितेन्द्र मिश्रा , श्याम कुमार मिश्राका साथै काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी , लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

Related posts

एमाले नेता कार्यकर्ताको एउटै आवाज : पर्सा ३ (ख) मा डा. मधुको पक्षमा मतदान

सधै क्षेत्र नम्बर १ को टिकटले तय गर्छ पर्साको राजनीति

मौन अवधीको पूर्व सन्ध्यामा वीरगन्जमा ओमप्रकाश सर्राफको रोड शो

Leave a Comment