Shere Parsa
धर्म/संस्कृति हेडलाइन

मधेसी र पहाडी बिच सामाजिक सदभाव बढाउदै छठ पर्व

मधेसखबर
वीरगन्ज , १३ कात्तिक : वीरगन्जको बजारमा शनिबार बिहान भिख माग्दै गरेको अवस्थामा भेटिएका वीरगन्ज ९ का विनोद परियारले भने ,‘ भीख मागेरै छठ पर्ब गर्ने आमाको भाकल पुरा गर्दैछु । आमाको भाकल पुरा गर्न विगत ३१ वर्ष देखि छठका लागि भिख माग्दै आएको उनि बताउछन् ।
परियारकी आमा राधा देवीले २०५० साल देखि नै छठ पर्ब गर्दै आएकी छन् । भगवानको कुनै जात र समुदाय हुदैन , राधादेवीले भनिन् , छठी माता प्रति मेरो अगाधा आस्था छ ।

वीरगन्ज अशोकवाटीकाकी सुमन पाण्डेले पनि डेढ दशक देखि छठ पर्ब माउदै आएकी छन् । श्रीमान बिरामी हुनुहुन्थ्यो , उहाँलाइ सन्चो भयो भने म छठ पूजा गर्छु भन्ने भाकल गरे , उनले भनिन् , उहाँको रोग पनि निको भयो , अनिल त्यही साल देखि मैले छठको ब्रत शुरु गरे ।
यसो त छठ पर्बलाइ तराइ मधेशवासीको चाड भन्ने गरिन्छ । तर पछिल्लो केहि वर्ष यता पहाडी मुलका महिलाहरुले पनि छठ पर्ब मनाउदै आएका छन् ।

वीरगन्जमा झण्डै २० प्रतिशत भन्दा बढि पहाडी मूलका समुदायको बसोबास छ ।यहाँका अधिकांश पहाडी मूलका महिलाहरुले पनि छठ पर्ब मनाउदै आएको भोजपुरी साहित्यमा विद्यावारिधी गरेका प्राध्यापक डाक्टर विश्वम्भर शर्मा बताउछन् । हुन त छठलाइ तराइ मधेशीको पर्ब भनिन्छ , उनले भने , तर अब यो पर्ब मधेसी पहाडी सबै समुदायको भएको छ ।
‘छर्ठ पर्ब सामाजिक सदभाव र सामाजिक सहिष्णुताको पर्ब हो , उनले थपे , उनले थपे , यो पर्बमा न कोही मधेसी हुन्छ , न कोही पहाडी हुन्छ , न त कुनै छुवाछुतको विभेद गरिन्छ ,जो जुन जातिको भएपनि एउटै थलोमा संगै बसेर छठी माताको पूजापाठ गर्छन् ।

वीरगन्ज घडीअर्वाका शम्भु साह कानु भन्छन् ,‘ सामाजिक सदभाव र प्रेम हेर्नुछ भने छठ घाटमा जानुस , त्यहा न कसैले जाती सोध्छ न कसैले धर्म सोध्छ , सबैले एक भाव एक चित्तले मनाउछन् ।

मधेसमा जारी आन्दोलनका कारण मधेसी र पहाडी बिच आपसी कटुता बढेका बेला छठ पर्बले सामाजिक सदभाव बढाएको नागरिक समाजका अगुवा पन्नालाल गुप्ता बताउछन् । छर्ठ पर्बले मधेसी र पहाडी समुदाय बिचको अन्तर कलहलाइ समाप्त पार्ने उनको बुझाइ छ ।

Related posts

बारा ४ मा किसानको कमाल : एमालेका उपाध्यक्ष सहित ३०० नेता नेकपा एसमा प्रवेश

गौरमा आगलागी हुदा तीन बालबालिकाको मृत्यु

वीरगन्जमा घरदैलो गर्दै काँग्रेसका चौरसियाले भने : मधेसका बहुरुपियासंग सजग रहनु होला

Leave a Comment