Shere Parsa
राजनीति

बाँकी रहेका कामहरु पुरा गर्नका लागि आफुलाई जिताउन प्रदीप यादवको आग्रह

मधेसखबर
वीरगन्ज, १० कार्तिक : पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले क्षेत्रमा बाँकी रहेका काम पुरा गर्न आफुलाइ निर्वाचित गराउन मतदातासंग आग्रह गरेका छन् ।

क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिकाका वडाहरुमा जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिदै जसपाका उम्मेदवार यादवले आफू सांसद् र छोटो समयका लागि मन्त्री हुँदा पनि आफ्नो क्षेत्र र समग्रमा पर्सा जिल्लामा भ्याएसम्म विकास निर्माणका योजनाहरु ल्याएको र पूरा समेत गरेको दावी गरे । आगामी दिनमा बाँकी रहेको काम सम्पन्न गर्न आफूलाई निर्वाचित गराउन मतदातासँग उनले आग्रह गरे ।

यादवले देशको विकास, समृद्धी र सुशासन स्थापनाका निमित्त जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आग्रह पनि गरे । यादवले सत्ता गठबन्धनले एकलौटी राज चलाएर देशमा तानाशाह स्थापना गर्न खोजेको आरोप लगाउँदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि जसपा–एमालेका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।

मतदातासंगको भेटघाटका क्रममा यादवले हिन्दूहरुको महान पर्व दिपावली र छठको शुभकामना आदान प्रदान पनि गरेका थिए । मधेश प्रदेशका मुख्यमन्त्री समेत सहभागी रहेको कार्यक्रममा जसपा र एमालेका कार्यकर्ताहरुको सहभागीता थियो ।

Related posts

सरकारमा सहभागी मन्त्रीहरु बारे जसपाले उम्मेदवारी दर्तापछि निर्णय गर्ने

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित

माधव नेपाल रौतहट १ बाट चुनाव लड्ने

Leave a Comment