Shere Parsa
मधेस प्रदेश

झालरबत्ती लगाउने क्रममा करेन्ट लागेर दुई जनाकाे मृत्यु

मधेसखबर
वीरगन्ज ,०८ कार्तिक : दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरमा सोमबार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका-९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ।

दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए। गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

Related posts

मधेस प्रदेश सरकारको दोस्रो दिन पनि धर्ना जारी

निर्णयको ७ वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय स्थापना

साइकल खरिद प्रक्रियामा मुख्यमन्त्री राउतले हस्ताक्षर गरेको कागजात गायब

Leave a Comment