Shere Parsa
राजनीति हेडलाइन

पर्सा १ मा बागी उम्मेदवारीले असन्तुष्ट काँग्रेसका प्रभावशाली नेताहरु जसपामा प्रवेश

मधेसखबर
वीरगन्ज,०५ कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा काँग्रेस नेतृत्वको सत्तागठबन्धनलाई ठूलो झट्का लागेको छ । क्षेत्र नम्बर १ अन्तर्गत नै पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु सामुहिक रुपमै पार्टी परित्याग गरि जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

वडा नम्बर १२ का काँग्रेसका बुथ सभापति वीरेन्द्र कुशवाहाको नेतृत्वमा काँग्रेसका ४५ जना नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् । शनिबार वीरगन्ज १२ मुर्लीमा आयोजित जसपाको पार्टी प्रवेश कार्यक्रममा पर्सा १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एंव जसपा नेता प्रदीप यादवले कुशवाहा सहितका नेता कार्यकर्तालाई अबीर टिका र गम्छा लगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रममा बोल्दै काँग्रेस छाडेर जसपामा प्रवेश गरेका कुशवाहाले पर्सा १ मा काँग्रेस नेतृत्व विहीन भएकाले आफुहरुले काँग्रेस छाडेर जसपामा प्रवेश गरेको बताए । उनले काँग्रेसको नीति , सिद्धान्त र निर्णय विपरित पूर्व जिल्ला सभापति अजय द्विवेदीले बागी उम्मेदवारी दिएको र उनको पक्षमा क्षेत्रीय सभापति अरविन्द गुप्ता लगायतका नेताहरु लागेकाले पर्सा १ मा काँग्रेस अब नेतृत्व बिहिन भएको बताए ।

पार्टीको नीति , सिद्धान्त र निर्णय नै नमान्ने नेताहरुको साथमा त्यो पार्टीमा बस्न नसकिने निष्कर्षमा पुगेर आफुहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेको कुशवाहाले बताए ।उनले भने ,‘ जुन पार्टीमा नेताले नै पार्टीको निर्णय मान्दैनन् , बागी उम्मेदवारी दिन्छन् अनि ती बागी उम्मेदवारकै पछाडि जिम्मेवार नेताहरु लाग्छन् भने त्यो पार्टीमा कुनै विचार र सिद्धान्त नै हुदैन , त्यहिबाट असन्तुष्ट भएर हामीले काँग्रेस छाडेका हौं ।

कुुशवाहाले मधेस र देशको हितमा काम गर्ने एक मात्र पार्टी जसपा नै भएको ठहर गर्दै आफुहरु जसपामा प्रवेश गरेको स्पष्ट पारे । उनले भने ,‘ नेता हुनु त प्रदीप यादव जस्तो , जो जनताको हरेक दुख सुखमा साथ दिदै आएका छन् , पदमा रहे पनि नरहेपनि जनताकै माझमा बसेका छन् , यस्तो लोकप्रिय र विकास प्रेमी नेता पर्सालाई मात्र नभइ देशलाई सधै चाहिन्छ ।

कार्यक्रममा बोल्दै जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार समेत रहेका प्रदीप यादवले पार्टीमा प्रवेश गरेका सबै नेता कार्यकर्ताहरुलाई जसपाले मुल्यांकन गरेर उचित व्यवस्थापन गर्ने बताए । उनले जसपाले मधेसको मुद्धा सडक देखि सदन सम्म उठाउदै आएको भन्दै मधेस र मधेसीलाई अधिकार सम्पन्न नबनाए सम्म संघर्ष गरिरहने पनि बताए ।

यादवले भने ,‘ म पदमा रहे पनि नरहे पनि मलाई केहि फरक परेको छैन , किन कि मेरा लागि जनता जनार्दन हुन् , जनताको सुखदुखमा म सदैव साथमै रहदै आएको छु र रहन्छु पनि ।उनले पर्सा १ लाई मात्र नभइ समग्र पर्सा जिल्लाको विकास र समृद्धि आफनो लक्ष्य भएकाले अबका दिनमा पनि आफु दत्तचित्त भएर लागि रहने वाचा पनि गरे ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्धी ,जसपाका केन्द्रिय सदस्य वीरेन्द्र यादव, जिल्ला समन्वय समिति पर्साका पूर्ब प्रमुख नेक महम्मद अन्सारी , पूर्व वडाअध्यक्ष रामदरश कुशवाहा लगायतका नेता कार्यकर्ताको सहभागीता थियो ।

Related posts

छठ पर्ब कसरी मनाइन्छ ?

जिएचपीको गुण्डागर्दी रोकिएन, महानगरपालिकाले पनि चासो दिएन , फेरि आन्दोलन गर्छौ: अभिभावक संघर्ष समिति

पर्सा २ मा चौरसियाको पक्षमा माहोल बन्दै , एकजुट भएर लाग्ने गठबन्धनको प्रतिबद्धता

Leave a Comment